हिजो नोभेम्बर १०, २०१८ मा शिक्षाविद् तथा समाजसेवी शिव लाल धिताल नेपाल विश्व सहयोग सङ्घ (एनएजिसि) द्वारा अमेरिकाको क्यालिफोर्नियामा अभिनन्दित हुनु भएको छ । झन्डै ४ दशक देखी शिक्षा क्षेत्रमा उदाहरणीय सेवा गरेको र फाउन्डेसन फर नेपलिज ब्लाइन्ड स्टुडेन्ट मार्फत सैयौँ अन्धा विद्यार्थीहरूको लागि अपूर्व योगदान पुर्याउनु भएको लागि सो अभिनन्दन गरिएको हो ।
अभिनन्दन पत्रमा उहाँलाई शिक्षा क्षेत्रमा दीर्घ सेवा गरेकोमा हार्दिक प्रशंसा गर्दै विभिन्न सङ्घ संस्था मार्फत समाजलाई सही दिशा तर्फ डोर्याउन नेत्रित्वदायी भूमिका निर्वाह गर्दै मानवताको सेवा गरेको उल्लेख छ । सो अभिनन्दन पत्र एनएजिसि प्रथम महिला, एनएएनसि उपाधक्ष तथा लायन्स क्लब अफ बर्किली अन्नपूर्णको पूर्व अध्यक्ष हेमा पनेरुद्वारा श्री शिवलाल धितालको सम्मानमा आयोजना गरिएको एक विशेष रात्रीभोजको अवसरमा प्रदान गरिएको हो ।
नेपाल विश्व सहयोग सङ्घ एनएजिसिका संस्थापक अध्यक्ष मणि नेपाली पनेरुले अभिनन्दन पत्र पढ्नु भएको थियो भने प्रमुख अतिथिको हैसियतले पश्चिम अमेरिका नेपाली महासङ्घको अध्यक्ष तथा नेपाली कम्युनिटी सेन्टर तदर्थ समितिका अध्यक्ष उत्तम कार्कीले प्रदान गर्नु भएको थियो । सो अवसरमा नेपाली काङ्ग्रेस गोरखाका वयोवृद्ध तथा सम्मानित नेता लोक प्रसाद ढकाल, नेपाली काङ्ग्रेस गोरखाका पूर्व सभापति बुद्धि लामिछाने, समाजसेवी जयराम तमटा, लायन्स क्लब अफ सान लियान्द्रोका चार्टर प्रेसिडेन्ट तथा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य चन्द्र धिताल, शिक्षाविद् सुरेश भट्ट आदिले सम्बोधन गर्दै सम्मानित व्यक्तित्व धिताललाई हार्दिक शुभकामना दिनु भएको थियो ।
यस अघि विभिन्न एन ए जी सी द्वारा व्यक्तित्वहरू सम्मानित भई सके पनि नेपाल विश्व सहयोग सङ्घले अभिनन्दित गरिएका व्यक्तित्वहरूमा धिताल तेस्रो व्यक्तित्व हुनुहुन्छ। पहिलो अभिनन्दित व्यक्तित्व नोबेल पुरस्कार विजेता स्वर्गीय चार्ल्स टाउन्स , दोस्रोमा अमेरिकी स्थानीय सरकारमा निर्वाचित प्रथम व्यक्ति किरण रन सिटौला हुनुहुन्छ। अन्य सम्मानित व्यक्तित्वहरूमा कलाकार भुवन केसी, सरोज खनाल, सपना श्री, नरेन्द्र प्यासी, गोपाल नेपाल फिस्टे, सन्तोष पन्त हुनुहुन्छ भने समाज सेवीहरूमा अनिल पाण्डे, चन्द्र धिताल, ॠषि ढकाल, राजेन थापा, समाज सेवी हेमा पनेरु, दिक्पाल केसी तथा उत्तम कार्की हुनुहुन्छ। त्यसै गरी समाजमा उत्कृष्ट सेवा पुर्याए बापत एन सी तमु समाज, कृयटिभ नेपाल युथ अर्गनाइजेसन, शनि सगरमाथा समाज तथा दि व्ह्वाइट् जोनलाई एन ए जी सिले सम्मान गरिसकेको छ।
सो अवसरमा जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय समितिका वरिष्ठ उपाधक्ष धनन्जय नरसिंह केसी, एन ए एन सी का महासचिव प्रितेश कार्की, नेको फाउन्डेसनका अध्यक्ष विश्व भट्ट, जनसम्पर्क समिति उत्तर क्यालिफोर्निया च्याप्टरकी उपसभापति लक्ष्मी कार्की, सचिव हरि भट्ट, एन आर एन ए क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष पूर्ण चन्द्र बानिया, एन ए जी सी अन्तर्राष्ट्रिय उपाधक्ष प्रिन्स युवराज कार्की, एन ए जी सी संस्थापक उपाधक्ष सोनिया दाहाल, पत्रकार सर्वज्ञ वाग्ले तथा सागर श्रेष्ठ, शिक्षाविद् सुरेश भट्ट, समाजसेवी गङ्गा लिम्बु, युवराज भट्ट, माया तमटा, रिना कार्की लगायत उल्लेख्य व्यक्तिहरूको उपस्थिति थियो ।