अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

अन्य चाडपर्व तथा दिवसमा पनि नयाँ नोट साट्न पाइने

बिआरटीनेपाल २०७५ कार्तिक २६ गते ७:०२ मा प्रकाशित

दशैंबाहेक अन्य चाडपर्व तथा दिवसमा पनि अब नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विविध जातजाति तथा भाषाभाषीले मनाउने चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको जनाएको हो । नव वर्ष, उभौली, बुद्ध जयन्ती, गौरा पर्व, तिज, इन्द्रजात्रा, छठ, संविधान दिवस, गणतन्त्र दिवसलगायतका राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि नयाँ नोट साट्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै ल्होसार, माघी, महाशिवरात्री, जितिया, इन्द्रजात्रा, फागु पूर्णिमा, घोडेजात्रा, इद, क्रिसमस, फाल्गुनन्द जयन्ती लगायतका पर्वमा पनि नयाँ नोट सटही गर्न सकिनेछ । राष्ट्र बैंकले मुद्रा व्यवस्था विभाग थापाथली तथा बैंकको उपत्यका बाहिरका शाखा कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नयाँ नोट साट्न सकिने सूचनामा उल्लेख गरेको छ ।

दशैंका बेला मात्रै राष्ट्र बैंकले नयाँ नोट सटहीको व्यवस्था गर्दा मानिस विहानैदेखि लाइन लाग्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ । राष्ट्र बैंकले मैलिएका, रङ् लगाइएका र पानीले भिजेका हातले सकेसम्म नोट नछुन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू