अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

क्यालिफोर्नियामा भीषण डढेंलो, ९ जनाको मृत्यु, १ लाख ५० हजार विस्थापित

बिआरटीनेपाल २०७५ कार्तिक २४ गते ४:१६ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा लागेको भीषण डढेंलोमा गरी कम्तिमा ९ जनाको मृत्यु भएको छ । डढेंलाको कारण अन्य १ लाख ५० हजार विस्थापित बनेका छन् । क्यालिफोर्नियाका दुई स्थानबाट फैलिएको डढेंलोका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । जोखिम युक्त क्षेत्रका १ लाख ५० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

लस एन्जलसको पश्चिमी क्षेत्रबाट फैलिएको डढेंलो प्रमुख राजमार्गसम्म बिस्तार भएको अधिकारी हरुले जनाएका छन् ।
आगलागीका कारण मालबुसहितका तटीय क्षेत्रमा जोखिम बढेको छ । यस्तै साक्रामेन्तो नजिककै क्याम्प फायरले नष्ट गरेको अवस्थामा ५जनाको शव कारमा भेटिएको छ ।दुवै क्षेत्रबाट फैलिएको आगो तीव्र रुपमा बिस्तार हुँदै गएका छन् । तीव्र गतिमा हावा चलेका कारण पनि आगो बढी फैलिएको हो ।

आगलागीका कारण कालाबासास तथा मालबुसहितका क्षेत्र बढी प्रभावित भएका छन् । यी क्षेत्रमा धेरै सेलिब्रेटीको बसोबास पनि छ । डढेंलोका कारण किम कारडासियन सहितका सेलिब्रेटीले घर छाडेका छन् ।

प्रतिक्रिया