अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०४ | Colorodo: 11:19

बिआरटि नेपालका सम्पादक राइ माथी न्युयोर्कमा हातपात

बिआरटीनेपाल २०७५ कार्तिक २३ गते ८:१६ मा प्रकाशित

न्युयाेर्क,  अमेरिका आएका प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईको विषयमा समाचार लेख्ने हाम्रा (बिआरटी नेपालका) सम्पादकलाई न्युयोर्कमा कुटिएका छन् । उनलाइ नेपालको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईका निकटतम सहयोगी पारुहाङ राईको सोल्टी उमेश राईले हातपात गरेका हुन ।

न्यूयाेर्कमा पत्रकारिता गर्दै आएका लोकमणि राईले समाचार लेखेकै विषयलाई लिएर आफूलाई मुख्यमन्त्रीका सहयाेगीकाे साथीले कुटेको दाबी गरेका छन् । अमेरिका जस्तो देशमा आएर पनि समाचार लेखेकै भरमा ममाथि आक्रमण हुँदा धेरै दुख लाग्यो’ पत्रकार राईले अस्पतालबाट फोनमा बताए । उनले आफू माथि भएको आक्रमणको बारेमा छानबिन गरी दोषी माथि कानुनी कार्वाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । अमेरिकामा जो कसैलाई पनि हातपात गरेको खण्डमा कानुनी रूपमा सजायको भागीदार हुने प्रावधान छ । अमेरिकामा पत्रकारमाथि भएको यो घटना पहिलो हो जुन निन्दनीय छ ।

नेपालमा रहँदा कान्तिपुर दैनिकमा कार्यरत लोकमणि राई अहिले बीअारटी नेपाल डट कममा सम्पादक हुन् । अचानक अमेरिका आएका मुख्यमन्त्री शेर धन राईलाई नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका र प्रवासी मञ्चले न्यूयाेर्कमा स्वागत गरेका थिए । सोही विषयलाई लिएर राईले “पिए मलाई कालो झन्डा, सिएमलाई सम्मान” र प्रदेश एकका मुख्यमन्त्री राई अमेरिकामा अाएकाे भन्दै दुई समाचार बीअारटी नेपालमा लेखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू