अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

अमेरिकी मध्याबधि चुनावको पूर्वसन्ध्यामा फेसबुक एकाउन्ट बन्द

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ८:३२ मा प्रकाशित

अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका ११५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) निर्वाचनको पुर्वसन्ध्यामा बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ ओटा इन्स्टाग्राम खातासमेत रहेका छन् । अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुकमार्फत् नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताए लगत्तै फेसबुकले उक्त घोषणा गरेको हो ।

अमेरिकामा मंगलबार मध्यावधि चुनाव हुँदैछ । गत साता प्रकाशित एक अध्ययनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनकोभन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जालमार्फत् गलत सूचना प्रवाह भएको देखिएको छ । राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ ।

फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरको भनाइअनुसार फेसबुकका ३० र इन्स्टाग्रामका ८५ खाता भएका व्यक्ति एवं संस्थाका क्रियाकलाप शंकास्पद रहेको पहिचान भएको छ । उक्त खाताहरु फ्रान्सेली र रुसीसँग सम्बन्धित रहेको पाइएको छ । अमेरिकी मध्यावधि चुनावमा फेसबुकमार्फत् हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ । यो कार्यका लागि फेसबुकले करिब २० हजार कर्मचारी खटाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू