अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षतिः नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ कार्तिक १८ गते ८:१२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले मानवअधिकारकर्मी एवम् नागरिक आन्दोलनका अगुवा पद्यरत्न तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । दिवंगत तुलाधर प्रति नर्भिक अस्पतालमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले अस्पताल पुगेर उपचारमा संलग्न चिकित्सकहरुसँग तुलाधरको पछिल्लो स्वास्थ्यस्थितिका बारेमा समेत जिज्ञासा राख्नुभएको थियो ।

उपचारमा संलग्न चिकित्सकहरुले अस्पतालमा ल्याइपुर्याउँदा तुलाधर अचेत भइसकेको अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए । तुलाधर जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवद्र्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्ने पात्र भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियाका लागि वातावरण बनाउन मध्यस्तकर्ताका रुपमा नेता तुलाधरले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभएको छ । अध्यक्ष प्रचण्डले एक शोक विज्ञप्ती जारी गर्दै पञ्चायत बिरोधी आन्दोलन, लोकतान्त्रिक आन्दोलन हुँदै शान्तिप्रक्रिया र संविधान निर्माणमा तुलाधरले खेलेको भूमिका सदा स्मरणीय रहेको बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू