नेपाल सरका।ले आशो तपाबनलाई दिएको ३७ रोपनी बन क्षेत्र फिर्ता लिएको छ । स्वामी आनन्द अरुण संस्थापक रहेको ओशो तपोवनलाई दिइएको ३७ रोपनी वनक्षेत्र शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले फिर्ता लिएको हो । धार्मिक वनका रुपमा उपभोग गर्न दिइएको ३७ रोपनी वन क्षेत्रमा ओशो तपोवनका सञ्चालकले सडक निर्माण गरेपछि फिर्ता लिनुपरेको जाानकरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुवँरले जानकारी दिनुभयो ।
कुँवरका अनुसार ओशो तपोवनले धार्मिक वनमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ विपरित गतिविधि गरेको पाइएपछि फिर्ता गरिएको पत्र बिहीबार ओशो तपोवनलाई पठाइएको जानकारी दिनुभयो । कुवँरका अनुसार उक्त पत्र तपोवन व्यवस्थापनले बुझिसकेको छ । ओशो तपोवन व्यवस्थापनबाट मध्यवर्ती क्षेत्रको उक्त वन फिर्ता लिएपछि बनाइएको सडक भत्काउन सडक विभागलाई निर्देशन समेत दिईएको छ ।