अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

निर्मला हत्या प्रकरण – डिएनए परीक्षणका लागि थप ४ जनाको नमुना संकलन

बिआरटीनेपाल २०७५ कार्तिक १३ गते ८:५९ मा प्रकाशित

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा प्रहरीले डिएनए परीक्षणका लागि थप ४ जनाको नमुना संकलन गरेको छ । मंगलबार शंकास्पद ४ जनाको नमुना संकलन गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले जानकारी दिनुभयो । चार जनाको डिएनए परीक्षणका लागि नमुना संकलन गरी विधिविज्ञान प्रयोगशालामा पठाएको वताईएको छ ।

लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा रहेका उनीहरुको नमुना संकलन गरिएको हो । नमुना संकलन गरिएका व्यक्तिहरुको नाम र ठेगाना भने गोप्य राखिएको छ । नमुना लिइएका व्यक्तिहरुलाई निगरानीमा राखिएको वताईएको छ ।

यसअघि, घटनाको अनुसन्धानको लागि भन्दै आन्दोलनरत महिला अधिकारकर्मी र पीडित परिवारले शंका गरेका तथा हालै बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरन र महेन्द्रनगरकै स्थानीय आयुश विष्टको नमुना परीक्षण गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू