अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

कास्कीमा गाई फर्ममा आगलागी , १३ गाई मरे

बिआरटीनेपाल २०७५ कार्तिक १२ गते ९:३८ मा प्रकाशित

कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेसको गाईगोठमा आगलागी हुँदा १६ गाई मरेका छन् भने ४ गम्भीर घाइते भएका छन् । आइतबार साँझ ७ बजेतिर गाईधनी कृतिमान गुरुङ गाईवस्तुलाई न्यानो बनाउन गोठ नजिकै आगो बालेर  गाउँतिर निस्कँदा हावाहुरीले आगो फैली गोठमा आगलागी भएको थियो । गोठमा ३४ गाई थिए । यसअघि काठमाडौंको गोकर्णमा पनि आलागीमा परी १ सय भन्दा बढी गाई जलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू