अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

उच्च अमेरिकी नागरिकको घरमा बमसहितको पार्सल पठाउने एक जना पक्राउ

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ५:४१ मा प्रकाशित

उच्च अमेरिकी नागरिकहरुको घरमा बमसहितको पार्सल पठाएको घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पूर्वराष्ट्रपति बाराक ओबामा र पुर्वविदेशमन्त्री हिलारी क्लिन्टनसहितका उच्च अमेरिकीका घरमा हुलाकमार्फत् बमसहितको पार्सल पठाएको घटनामा संलग्न भएको आरोपमा ५६ वर्षीय सेजर सायोक नाम गरेका व्यक्ति पक्राउ परेको अधिकारीहरुले जनाएका छन् ।

पछिल्ला केही दिनयता विशेष गरी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख आलोचकका घरमा वा उनीहरुका नाममा विस्फोटक पदार्थसहितको पार्सल अज्ञात व्यक्तिले पठाएको पाइएको थियो । यो घटनाको छानबिनको क्रममा सेजर सायोकजाई पक्राउ गरिएको हो । उनीविरुद्ध पूर्व राष्ट्रपतिसहितलाई धम्की दिएको सहितका पाँचवटा आरोप लगाइएको छ ।

पछिल्ला केही दिनमा अमेरिकामा शंकास्पद बस्तुसहितका १४ वटा पार्सल भेटिएको छ । यसरी पार्सल पाउनेमा पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनदेखि अभिनेता रोबर्ट डी निरोसम्म रहेका छन् । पक्राउ परेका सेजर सायोक डेमोक्रेटिक पार्टी विरोधी रहेको बताइएको छ ।

 

प्रतिक्रिया