अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

प्रियङ्का चोपडाको बिहे डिसेम्बरमा

बिआरटीनेपाल २०७५ कार्तिक ३ गते १०:३२ मा प्रकाशित

मुम्बई । बलिउड अभिनेत्री प्रियङ्का चोपडाको बिहे अमेरिकी गायक निक जोनससंग डिसेम्बरमा हुने तय भएको छ । प्रियङ्का र निकको बिहे डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहे जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ । बिहेको तयारीका लागि निक भारत आएका छन् । दुवैका परिवार बिहेको तयारीमा जुटेका छन् ।

हलिउड टेलिसिरियल क्वान्टिकोमा काम गर्ने क्रममा निकसँग नजिकिएकी प्रियङ्का पछिल्लो समय फिल्मी क्षेत्रबाट टाढा छिन् । भारत छोडे लगत्तै आफूभन्दा १० वर्ष कान्छा निकसँग प्रियङ्काले इन्गेजमेन्ट गरेकी थिइन् । 

प्रतिक्रिया