अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

अमेरिकामा नयाँ संस्था खुल्यो “जनमञ्च, अमेरिका”

खेम भट्टचन, २०७५ कार्तिक २ गते ८:५१ मा प्रकाशित

वासिङ्टन डिसी, प्रवासमा नेपाली काँग्रेसको जनसम्पर्क समिति, अन्य प्रवासी सङ्गठनहरू प्रवासी नेपाली मञ्च, राप्रपा को प्रवासी नेपाली एकता मञ्च भए जस्तै जनमुक्ति पार्टीको प्रवास सङ्गठन जनमञ्च, अमेरिका खुलेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष के.पी. पालुङवाको प्रमुख आतिथ्य र अग्नि साम्पाङ राईको अध्यक्षतामा न्युयोर्कको वुडसाइडमा २१ सदस्यीय प्रवास सङ्गठन जनमञ्च, अमेरिका गठन भएको छ ।

देशमा भइरहेको विद्यमान सबै किसिमको भेदभाव, शोषण र उत्पीडनलाई समाप्त गरी राजनीतिक क्षेत्रमा विविध जातिहरूको जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र हक अधिकार प्राप्तिको निम्ति वैकल्पिक शक्ति निर्माणमा जुटिरहेको पार्टी अध्यक्ष पालुङवाले बताए । समाज सेवी तथा महिला अधिकारकर्मी सङ्गिनी राना मगर अमेरिका इन्चार्ज जस्तो गरिमामय पदमा चयन हुनु भएको छ ।

त्यसै गरी अध्यक्षमा अग्नि साम्पाङ राई न्यु योर्क, बरिष्ट उपाध्यक्ष खुम राना मगर , उपाध्यक्ष भीम पुन, महासचिव मिगीन मगर, सचिव सरोज थाङदेन, कोषाध्यक्ष वारक पालुङवा चयन भएका छन् भने सदस्यमा छवि पालुङवा, ट्रिम्यान लिम्बु, सुमन थाम्सुहाङ, विकास थापा मगर, प्रणय सुब्बा, वरुण राई , रोशन थापा, सुकु राई , रमेश सुनुवार, इन्दिरा लिम्बु, पुष्प लता लिम्बु, शशिकला थेवे, इन्दिरा घर्तिमगर, कुसुम भट्टचन भर्जिनिया चयन भएका छन् । सल्लाहकारमा तेजकुमार तुम्वाहाम्फे लिम्बुलाई मनोनीत गरिएको छ । 

प्रतिक्रिया