अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्यालिको आयोजना हुने

बिआरटीनेपाल २०७५ कार्तिक २ गते ८:३१ मा प्रकाशित

विश्वकै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार ¥याली”को आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली महावाणिज्य दूतावास न्यूयोर्कको सहकार्यमा आगामी अक्टोबर २७, २०१८ को दिन न्यूयोर्कको पाँचै बोरोहरूमा “राईड फर नेपाल–कार ¥याली” को आयोजना गरिने भएको जानकारी गराएको छ ।

“सुखी नेपाली, समृद्ध नेपाल” को सपना साकार पार्न नेपाल सरकारले पर्यटन व्यवसाय मार्फत आर्थिक समृद्धि ल्याउने उद्देश्यका साथ सन् २०२० लाई “भ्रमण वर्ष २०२०” को घोषणा गरेको छ ।
उक्त छापा विज्ञप्तिमा हालका वर्षहरूमा १० लाख पर्यटक नेपाल आउने गरेकोमा उक्त भ्रमण वर्ष २०२० मा यसै अभियान मार्फत २० लाख पर्यटक भित्राउने लक्ष्य नेपाल सरकारले लिएको समेत उल्लेख गरेको छ ।

यस अभियानलाई सफल पार्न स्वदेश तथा विदेशमा विभिन्न पर्यटन प्रवर्द्धनका कार्यहरूलाई नेपाल सरकारले नेपाल पर्यटन बोर्डको अगुवाइमा अत्यन्त महत्त्वका साथ अघि बढाइको जानकारी छापामा उल्लेख गरेको छ ।

हालका वर्षहरूमा १० लाख पर्यटक नेपाल आउने गरेकोमा उक्त भ्रमण वर्ष २०२० मा यसै अभियान मार्फत २० लाख पर्यटक भित्राउने लक्ष्य नेपाल सरकारले लिएको छ । उक्त कार्यक्रममा अमेरिका र खास गरी न्यूयोर्कमा स्थापित विभिन्न नेपाली सङ्घ/संस्था हरूको प्रत्यक्ष सहयोगमा सम्पन्न हुन लागेको हो।

र ¥याली अक्टोबर २७ तारिखको बिहान ९ बजे न्यूयोर्कको कुईन्सबाट शुभारम्भ भई न्यु योर्क राज्यको पाँच वटै बोरोहरू (कुईन्स, मेनह्याटन, ब्रुकलिन ,ब्रोङ्कस र स्टेटन आईल्याण्ड) को परिक्रमा गरी अपरान्ह् ३ बजे ज्याक्सन हाईटको डाईभर्सिटी प्लाजामा समापन हुने जनाएको छ ।

न्यूयोर्कका लागि नेपाल पर्यटन बोर्डका अवैतनिक पर्यटन प्रतिनिधि प्रदीप श्रेष्ठले अक्टोबर १८, २०१८ का दिन छापा विज्ञप्ति मार्फत उक्त जानकारी गराएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू