अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 00:50

मैले नेपालमा पनि धेरै समय बिताएको छु: अमेरिकन सिनेटर क्रिस

बिआरटीनेपाल २०७५ असोज २९ गते २३:२९ मा प्रकाशित

सिनेटर क्रिस भ्यान होलानले नेपाली मूलका हयारी भण्डारीलाई विजयी गराउन अपिल

मेरिल्याण्ड, अमेरिकी सिनेटमा प्रभावशाली भूमिका निर्वाह गर्ने सिनेटर क्रिस भ्यान होलानले नेपाली मूलका हयारी भण्डारीलाई विजयी गराउन अपिल गर्नु भएको छ । शुक्रवार मेरिल्याण्डमा आयोजित कार्यक्रममा क्रिसले भन्नुभयो अमेरिका सपनाको देश हो यहाँ कडा मेहनत गर्नेको लागि अवसर छ । उहाँले आफना्े पिताजीको उदाहरण दिँदै भन्नु भयो ।

मेरो पिताजी पहिला नेभीमा काम गर्नुहुन्थ्यो, पछि वैदेशिक मामिलामा जानु भयो, उहाँसँग विभिन्न देशहरूमा जाने क्रममा मैले नेपालमा पनि धेरै समय बिताएको छु ।

क्रिसले हयारीलाई एउटा अमेरिकी सपनालाई मूर्त रूप दिन सफल भएको व्यक्तित्वको रूपमा परिचय गराउँदै भन्नुभयो ( अहिले तपाइहरू हयारीलाई हेर्नुहोस्, हयारीले आफ्नो जीवन यात्रामा महत्त्वपूर्ण फड्को मारेका छन् । उनी जोन हपकिन्समा पढे, वाल्टिमोरको पब्लिक सिस्टममा काम गर्छन् । उनले अमेरिकाको सपनालाई सही सदुपयोग गरेका छन् । कोही अमेरिकामा आएर कडा मेहनत गर्छन् भने यो एउटा सफताको यात्रा हो भन्ने उनले उदाहरण दिन सकेका छन् । क्रिसको मतदाताहरूसँग अनुरोध थियो –अहिले हयारी हामीहरूको समुदायलाई आफ्नो नेतृत्व दिन चाहन्छन् । उनले राष्ट्र योङ्ग डेमोक्रयाटको सचिव भएर काम पनि गरे,आफ्नो स्थानीय समुदायमा काम गरे यसैले समुदायमा खारिएको व्यक्ति तिनै हयारी अहिले हामीहरूको समुदायलाई सेवा दिन चाहन्छन्, उनको कामले हामीहरू पनि लाभान्वित भएका छौँ । तसर्थ अव हामीहरूले उनलाई सहयोग गरेर विजयी गराउनु पर्छ ।

कार्यक्रममा सहभागी मेरिल्याण्ड राज्यका पूर्व सिनेटर टम व्रम्हवेलले भन्नुभयो यदि तपाईँ आप्रवासी भएर भोट नगर्ने हो पनि तपाइहरू प्रति खेद छ । उहाँको भनाई थियो चाहे नेपाली आप्रवासी नै किन नहोस् यदि यो घडीमा सही तरिकाले सहयोग गर्दिनौ भने त्यो तिमीहरूको लागि खेदजन्य हुनेछ ।

मेरिल्याण्ड राज्यका विभिन्न तहमा निर्वाचित सिनेटर सिनेटर, डेलिगेटसहरु सहभागी कार्यक्रम नेपाली मूलका अमेरिकनहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई फ्रेण्डस अफ हयारीका क्याम्पेन म्यानेजरी म्यान्ली पाउलले सञ्चालन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दे हयारीले आफू डिष्ट्रिक आठको कम्युनिटीलाई राम्रो शिक्षा र स्वास्थ्यको लागि निर्वाचनमा होमिएको बताउनु भयो । कार्यक्रममा मेरिल्याण्ड राज्यकी सिनेटर क्याथी क्लासमार, कोरी म्याक्रे, डेलिगेटसहरु एरिक व्रम्होल, डा। जे जेलेसी लगायतका आधा दर्जन भन्दा बढी सहभागी भएर हयारीको चुनावी अभियानमा ऐक्यवद्धता जनाएका थिए ।

एक घण्टा चलेको कार्यक्रममा नेपालीलाई अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउने अभियानले सफलता पाएको भन्नुहुँदै डा श्याम कार्कीले धन्यवाद नोट दिनु भएको थियो । सिनेटोरियल कमिटीका अध्यक्ष समेत रहनु भएका क्रिस भ्यान होलानको डिष्ट्रिक लेभलको चुनावमा सहभागी हुनु आफैमा निकै महत्त्व बोकेको छ ।

यसैबिच फ्रेण्डस अफ हयारी अभियानले कार्यक्रम सफल पार्न सहयोगी भूमिका निर्वाह गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया