अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

दशैं टिकाको दिन पोखरामा सशस्त्र प्रहरीले निःशुल्क बस सेवा संचालन गर्ने

बिआरटीनेपाल २०७५ असोज २९ गते ९:२७ मा प्रकाशित

सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले दशैंको टिकाको दिन कात्तिक २ गते पोखरामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । बडादशैंको टिकाको दिन हुन सक्ने सवारी अभावलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको तालिम शिक्षालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।

सशस्त्र प्रहरी बलको व्यानर सहितको २ वटा बसले निःशुल्क पोखराका बिभिन्न क्षेत्रलाई रुट बनाएको छ । लामापाटनबाट बिहान १० बजे सर्वसाधारणको सेवाका लागि छुट्ने बस अमरसिंह, मुस्ताङ्गचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सृजनाचोक, न्युरोड, चिप्लेढुङ्गा, नदिपुर, बगर, रानीपौवाको रुटमा दिउसो ४ बजे सम्म चल्ने छ ।

दशैंको अवधिभर हुन सक्ने कुनै पनि जोखिमका लागि तालिम शिक्षालयले एम्बुलेन्स को निशुल्क सेवा समेत प्रदान गर्ने भएको छ । एम्बुलेन्स आवश्यकताका जुनसुकै बेला तालिम शिक्षालयको हटलाइन नम्बरमा फोन गरेर सेवा लिन सकिने वताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू