अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

शिकागोमा ट्रम्प विरुद्ध हजारौंको  प्रदर्शन 

बिआरटीनेपाल २०७५ असोज २८ गते ९:३६ मा प्रकाशित

अमेरिकाको शिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमेक्राट्स पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले “निलोलाई मतदान” लेखेका ठूला ब्यानर पनि फहराएका थिए । प्रदर्शनकारीले ट्रम्पलाई “महिला विरोधी एजेण्डा” बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा सहयोग गर्न सन्देश प्रवाह गरेका छन् ।

निर्वाचन लक्षित ¥याली डाउनटाउन पार्कबाट सुरु भएको थियो । ¥यालीमा सहभागीलाई डेमेक्राट्सका तर्फबाट हिलारी क्लिन्टनले भिडियोमार्फत् सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो । ट्रम्प प्रशासनलाई उत्तरदायी र जिम्मेवार बनाउन आफ्नो पक्षलाई जिताउनु पर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू