अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

जनताको तर्फवाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको माफी 

बिआरटीनेपाल २०७५ असोज २३ गते ९:३८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सर्वोच्च अदालतका नयाँ न्यायाधीश ब्रेट क्याभानोसँग अमेरिकी जनताको तर्फबाट राजनीतिक तथा व्यक्तिगत लाञ्छनापूर्ण झुटो अभियानका निम्ति माफी माग्नुभएको छ । यौन दुव्र्यवहारको आरोप खेपेका क्याभानोको विवादित अनुमोदन प्रक्रियापछि शपथ ग्रहण समारोहमा बोल्दै ट्रम्पले राष्ट्रसेवामा अग्रसर हुनेहरूको सम्मानजनक मूल्यांकन हुनुपर्ने वताउनुभयो ।

सो अवसरमा राष्ट्रपति ट्रम्पले विपक्षीले असत्य विवरणहरूको अभियान चलाएको आरोप पनि लगाउनुभयो । क्याभानोले भने अनुमोदन प्रक्रियाको तिक्तताले आफ्नो काममा असर पार्न नदिने प्रतिबद्धता जनाउनुभएको छ । यौन दूव्र्यवहारको आरोप अस्वीकार गर्दै आएका उहाँले आफूले सधैँ महिलालाई प्रोत्साहन र सम्मान गर्ने गरेको वताउनुभयो ।

हालै सिनेटमा भएको मतदानमा क्याभानो ४८ का विरुद्ध ५० को मतले अनुमोदित हुनु भएको थियो । क्याभानोको अनुमोदनलाई आगामी दिनहरुमा न्यायालयको सन्तुलन कन्जरभेटिभ पार्टीको पक्षमा ढल्कने सम्भावनाका रुपमा विश्लेषण गर्न थालिएको छ । क्याभानोविरुद्ध केही महिलाले यौन दूव्र्यवहारको आरोप लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू