अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३९ | Colorodo: 21:54

नेपाल कलाकार सङ्घका अध्यक्ष बोगटीको अप्रत्याशित निधन

बिआरटीनेपाल २०७५ असोज २३ गते ८:२५ मा प्रकाशित

काठमाडौँ– नेपाल कलाकार सङ्घका अध्यक्ष ५८ वर्षका राम केशर बोगटीको दुर्घटनामा परेर निधन भएको छ । आज बिहान ललितपुरको टिकाथली स्थित रुख काट्ने क्रममा त्यो रुख ढलेर बिजुलीको तारमा लाग्दा बिजुलीको पोल ढल्यो, त्यो ढलेको पोलले लागेर घाइते भएका बोगटी, उपचारका क्रममा ललितपुरस्थित बिएण्डबी अस्तालमा निधन भएको हो । उक्त कुराको जानकारी नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले बिआरटी नेपाललाई दिएका छन् । यो एकदमै असमायीक निधनले हामी स्तब्ध छौँ भनेर उनले भने ।

घाइते भए पछि अध्यक्ष बोगटीलाई अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पताल पुर्याएलगत्तै अस्पतालले उनको निधन भएको पुष्टि गरेको हो । उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

चलचित्र छायाङ्कनका लागि बोगटी स्टुडियो निर्माण गरेका बोगटी साना पर्दा तथा ठुला पर्दाका राम्रा कलाकार मानिन्थे । बोगटी स्वाभिमान र माया गर ल चलचित्रका निर्माता हुन् । उनले दर्जन बढी चलचित्र तथा टेलिश्रृंखलामा अभिनय गरेका छन् । हाल चलचित्र कलाकार सङ्घका अध्यक्ष समेत रहेका उनले आफ्नै निजी लगानीमा कलाकार सङ्घको भवन निर्माणको मुद्दा उठाएर चौधौँ महाधिवेशनबाट सङ्घको नेतृत्वमा पुगेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू