अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

धादिङ नेपाली समाज अमेरिकाको प्रथम महाधिवेशनबाट दिवाकर पाण्डे अध्यक्षमा निर्वाचित

सुरजी कोइराला २०७५ असोज २३ गते ८:०९ मा प्रकाशित

न्यु योर्क, अमेरिकामा बसोबास गर्ने धादिङबासीहरूको धादिङ नेपाली समाज अमेरिकाको प्रथम महाधिवेशनबाट सर्वसम्मत रूपमा दिवाकर पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा वाणिज्यदुत कृशु छेत्री हुनुहुन्थ्यो । त्यस्तै विभिन्न संध संस्थाका प्रतिनिधि र जिम्मेवार सामाजिक व्यक्तित्वहरूको बाक्लो जमघट थियो । निर्वाचन कमिटीका सदस्यहरू वकिल शिव खनाल, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी र उत्तम पान्डेले गहन भूमिका खेल्नु भएको थियो । उक्त संस्थामा राजन गौली संयोजक हुनुहुन्थ्यो । उहाँले नयाँ कार्य समितिलाई शुभ कामना व्यक्त गर्नुको साथै सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । 

लेखक राजन थपलिया र समाज सेवी नवराज केसीलाई सम्मान गरिएको थियो । पत्रकार अंकुर लुइँटेलले उक्त कार्यक्रम सञ्चालन गर्नुको साथै उहाँले रूपान्तरण मार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गर्नु भएको थियो । धादिङबासीहरूको व्यापक सहभागिता रहेको उक्त कार्यक्रममा सबैले धादिङको एकता, विकास र परिवर्तनलाई जोड दिएका थिए ।
त्यस्तै अन्य पदहरूमा उपाध्यक्षमा भक्त गुरुङ र उर्मिला श्रेष्ठ, महासचिवमा विकास कडेल्, सचिवमा विनोद रुवाली, ट्रेजरर मा रमा खतिवडा र अन्य सदस्यहरू निर्वाचित भएका छन् । न्यु योर्कको वुड्साइडमा कार्यक्रम समापन गरिएको थियो । निर्वाचित पाण्डेले सम्पूर्ण धादिङ बासीहरूको एकतामा जोड दिनु भयो साथै अमेरिकामा रहेका धादिङ बासीहरूको सुख दुख सबैमा साथ दिने र एक अर्कालाई सहयोग गर्दै अघि बढ्ने प्रतिज्ञा गर्नु भयो । दिवाकर पान्डे एक बौदिक व्यक्तित्व सक्षम नेतृत्व र सामाजिक तथा शिक्षित व्यक्ति हुनु हुन्छ । न्यूयोर्कको लङ आइल्यन्ड निवासी पाण्डे लामो समय देखी अमेरिकामा बसोबास गर्दै आउनु भएको छ ।  

प्रतिक्रिया