अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 20:35

कास्कीका सबै स्थानीय तहमा नेकपाको संयन्त्र गठन

बिआरटीनेपाल २०७५ असोज २२ गते ९:२१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका सबै स्थानीय तहमा संयन्त्र गठन गरेको छ । नेकपा कास्कीको सम्पन्न बैठकले कास्कीको पोखरा महानगरपालिका र ४ वटा गाउँपालिकामा पार्टी संयन्त्र गठन गरेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैठकले महानगरमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबाट ५/५ तथा गाउँपालिकामा ३/३ सदस्य रहेको संयन्त्र गठन गरेको छ । जसअनुसार, पोखरा महानगरपालिकामा तत्कालिन नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, प्रदेश सांसद प्रभा कोइराला, तेजनारायण अधिकारी, शंकरनाथ पौडेल र दीलिप न्यौपाने तथा तत्कालिन नेकपा माओवादी केन्द्रबाट विश्वप्रकाश लामिछाने, भीमबहादुर विक, गोमा ढकाल, विनय थापा र जनकराज पराजुली रहेको संयन्त्र गठन गरिएको छ ।

त्यस्तै, रुपा गाउँपालिकामा तत्कालिन एमालेबाट सबाबक्स मिया, नवराज ओझा, पुष्पराज सुवेदी र तत्कालिन नेकपा माओवादी केन्द्रबाट शिव खनाल, निर्मला सुवेदी र अमरदीप पराजुली रहेको संयन्त्र गठन भएको छ ।

मादी गाउँपालिकामा तत्कालिन नेकपा एमालेबाट पदमप्रसाद पौडेल, बुद्धिसागर सापकोटा र बालकृष्ण गुरुङ तथा तत्कालिन नेकपा माओवादी केन्द्रबाट मित्रबहादुर तमु, लालबहादुर तमु र कृष्णराज दाहाल रहेको संयन्त्र गठन गरिएको छ ।अन्नपूर्ण गाउँपालिकामा तत्कालिन एमालेबाट लक्ष्मीप्रसाद अधिकारी, गौरीप्रसाद सुवेदी र विष्णुबहादुर केसी तथा तत्कालिन नेकपा माओवादी केन्द्रबाट धर्मबहादुर तमु, गोविन्द अधिकारी र भेषराज पौडेल रहेको संयन्त्र गठन भएको छ ।

माछापुच्छ्रे गाउँपालिकामा तत्कालिन नेकपा एमालेबाट जगन्नाथ बास्तोला, विष्णुबहादुर केसी, कर्णबहादुर गुरुङ र तत्कालिन नेकपा माओवादी केन्द्रबाट प्रविना अधिकारी, टेकनाथ गौतम र बैकुण्ठ भण्डारी रहेको संयन्त्र गठन भएको नेकपाका केन्द्रीय सदस्य तथा कास्की संयन्त्रका सदस्य राजकाजी गुरुङ ‘करण’ले जानकारी दिनुभयो ।

नेकपा कास्कीको बैठकले नयाँबजारस्थित शान्तिवनमा रहेको तत्कालिन नेकपा एमालेको जिल्ला पार्टी कार्यालयलाई नेकपाको जिल्ला पार्टी कार्यालय र शिवालयचोकमा रहेको तत्कालिन नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयलाई पोखरा महानगरपालिका संगठन कमिटीको कार्यालय बनाउने निर्णय गरेको नेकपा जिल्ला संयन्त्रका सदस्य मानबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू