अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

आईसीसी टी–२० क्रिकेट– थाइल्याण्ड विरुद्ध नेपालको शानदार जित

बिआरटीनेपाल २०७५ असोज २१ गते ९:५३ मा प्रकाशित

मलेसियामा जारी आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्ड विरुद्ध शानदार जित निकालेको छ । आईतवार सम्पन्न खेलमा नेपालले थाईल्याण्डलाई १४० रनले पराजित गरेको हो । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षति सहित १७२ रन वनाएको थियो ।

१ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८ दशमलव ५ ओभरमा ९ विकेट गुमाएँदै १८ रन बनायो । वर्षाका कारण खेल रोकिएपछि डिएल नियमका आधारमा नेपाललाई विजयी घोषणा गरिएको हो । नेपालका लागि करन केसीले अविजित ४०, शरद भेषावकरले ३४, दीपेन्द्रसिंह ऐरीले ३०, अनिल साहले २५ र विनोद भण्डारीले १५ रन वनाउनुभयो ।

थाइल्याण्डलाई न्यून योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले पाँच विकेट लिन सफल हुनुभएको थियो । प्रतियोगितामा नेपाल तीन खेलमा विजयी हुँदै ६ अङ्कका साथ शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया