अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता

बिआरटीनेपाल २०७५ असोज २० गते ९:४९ मा प्रकाशित

अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता हुनुभएको छ । इन्टरपोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मेङ परिवारको सम्पर्कमा नपुगेपछि फ्रान्सले खोजी सुरु गरेको छ । तर फ्रान्सले उहाँ आफ्नो मुलुकबाट नहराएको दाबी गरेको छ । ६४ वर्षीय मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीसमेत हुनुहुन्छ ।
मेङ बेपत्ता भएको भन्दै उहाँकी पत्नी प्रहरीको सहयोग लिन पुगेपछि अनुसन्धान थालिएको हो । इन्टरपोलले एक विज्ञप्ति जारी गर्दै मेङ बेपत्ता भएको भन्ने कुराबारे जानकारी भएको र अनुसन्धान सुरु गरिएको स्पष्ट पारेको छ । यो विषय फ्रान्स र चीनका सम्बन्धित निकायको चासो भएको उसले जनाएको छ ।

सन् २०१६ मा ईन्टरपोलको अध्यक्ष निर्वाचित हुनुभन्दा अघि उहाँ चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका भूतपूर्व उपमन्त्री रहनुभएको थियो । होङ्वेई ईन्टरपोलमा निर्वाचित भएपछि मानवाधिकारवादी समूहहरूले भिन्न राजनीतिक मत राखेर चीन छोडेकाहरूलाई उहाँमार्फत खोज्न चीनलाई सहयोग पुग्न सक्ने भन्दै टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू