अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२८ | Colorodo: 04:43

दशै तिहारलाई लक्षित गरी कास्की प्रहरीको विशेष सुरक्षा योजना सार्वजनिक

बिआरटीनेपाल २०७५ असोज १८ गते ९:४४ मा प्रकाशित

दशै तिहार र छट पर्वलाई लक्षित गरी कास्की प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना बनाएकोे छ । कास्की प्रहरीले बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि कास्की प्रहरीको विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । सुरक्षा योजनामा दशै, तिहार, छठ र ल्होसार लगायतका पर्वहरुको अवधिमा कुनै किसिमका अवान्छित कृयाकलाप तथा घटनाहरु हुन नदिन व्यवस्था मिलाउने कास्की प्रहरीले जनाएको छ । अपराध नियन्त्रण र घटित अपराधको प्रभावकारी अनुसन्धानको व्यवस्था मिलाउने, सुरक्षामा खटिने प्रहरी (सादा पोशाकका प्रहरी तथा ट्राफिक प्रहरी समेत) लाई समन्वयात्मक ढंगबाट परिचालन सार्वजनिक योजनामा उल्लेख छ ।

यसैगरी, उपलब्ध प्रहरी जनशक्ति र साधनहरुलाई समन्वयात्मक रुपमा परिचालन गरी पोखरा महानगरका र ग्रामिण इलाकामा रहेका सम्पूर्ण क्षेत्रहरुको सुरक्षा अवस्था सामान्य कायम प्रहरीको दावी छ ।

अपराध घट्न सक्ने संभावित स्थानहरुको पहिचान गरी प्रहरीको बिशेष टोली परिचालन गर्ने , चाडपर्वको समयमा सर्वसाधरणहरु भेला जम्मा हुन सक्ने स्थानहरुको सुरक्षा स्थिति सामान्य वनाउने, जनतालाई पूर्णरुपमा सुरक्षाको प्रत्याभूति दिलाउने गरी कार्यसम्पादन गर्ने कास्की प्रहरीले जनाएको छ । चाडपर्वलाई मर्यादित, सुसंस्कृत र सभ्य बनाउने पहलस्वरुप जुवातास, मादकपदार्थ, लागूऔषध रहित समाज निर्माणमा जोड दिने कास्की प्रहरीको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू