अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२५ | Colorodo: 17:40

प्रभावशाली सिनेटर क्रिसभ्यान होलान् हयारीको कार्यक्रममा सहभागी हुनुहुने

बिआरटीनेपाल २०७५ असोज १७ गते १२:३६ मा प्रकाशित

मेरिल्याण्ड, अमेरिकाको राजनीतिमा शीर्ष तहमा रहनुभएका सिनेटर क्रिसभ्यान होलान् मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठमा आयोजित हयारी भण्डारीको फण्डरेजिङ्ग कार्यक्रममा सहभागी हुनुहुने भएको छ । आगामी अक्टोबर १२ तारिखको दिन हिल्टन होटेलमा आयोजना हुने कार्यक्रममा नेपाली मूलको तर्फबाट प्राइमरी निर्वाचन विजयी भएका हयारी भण्डारीको कार्यक्रममा सिनेटर तहको सहभागिता पहिलो हो ।स्मरणीय छ, हयारीको निर्वाचन क्षेत्र भित्र नै सिनेटर होलानको कार्यक्रमले निकै ठुलो महत्त्व बोकेको छ । 

अमेरिकाको आगामी नोभेम्बर ६ मा हुने मिडटर्म निर्वाचनमा सिनेटोरियल समितिका संयोजक रहनुभएका क्रिस डेमोक्रयाट पार्टीको तर्फबाट आगामी निर्वाचनमा फेडरल सिनेटको लागि उम्मेदवार बनेका ३३ सिनेटरहरुको निर्वाचनमा मात्र सहभागी हुने गर्नुहुन्छ । राज्य तहको निर्वाचनमा हयारीको कार्यक्रममा सहभागी हुनुहुने क्रिसले यस्तो कार्यक्रममा विरलै उपस्थित हुनुहुन्छ ।

फ्रेण्डस अफ हयारीका ट्रिजरर इन्द्र थापाका अनुसार उक्त कार्यक्रममा सिनेटर होलानका अंवाला जोन सार्वेन्स तथा मेरिल्याण्ड राज्यका दर्जन भन्दा बढी उमेदवारहरु र निर्वाचित व्यक्तिहरू समेत सहभागी हुनुहुनेछ । यसमा सहभागी हुनुहुनेहरुको सूची आगामी शुक्रवार सम्म तयार पारी सकिने योजनामा हामी रहेका छौँ –थापाले भन्नुभयो ।

थापा नेपाली समुदायका व्यक्तित्वहरूलाई आफ्नो नाम सूचीकृत गर्न विलम्ब नगर्नु हुन अनुरोध गर्दे सहभागिताको लागि अपिल गर्नुहुन्छ ।
फ्रेण्डस अफ हयारीका राजनीतिक सल्लाहकार तथा वाहय मामिलाका संयोजक तरुण पौडेलले दिनुभएको जानकारी अनुसार सिनेटर क्रिसको उपस्थितिले नेपालीलाई अमेरिकाको मूलधारमा समाहित गराउन एउटा कोसे ढुङ्गा साबित हुने छ । पौडेल भन्नुहुन्छ – अमेरिकाको राजनीतिमा निकै प्रभावशाली सिनेटर जसले कङ्ग्रेसको निर्वाचनमा अध्यक्षता गरिसक्नु भएको र अहिले सिनेटरहरुको चुनावमा मात्र केन्द्रित रहने कार्यसूचीमा अत्यन्त व्यस्तताका साथ हामीहरूको कार्यक्रममा उपस्थित हुनु आफैमा महत्त्वपूर्ण छ । यसले हामीहरूको पहुँच र सशक्तीकरणमा एउटा महत्त्वपूर्ण फड्को मार्नेछ भन्ने मलाई पूर्ण विश्वास छ ।

फ्रेण्डस अफ हयारी भण्डारीमा सक्रियताका साथ लाग्नु भएका अर्जुन हमालले अमेरिकामा रहेका नेपालीहरूलाई मूलधारको राजनीतिमा समाहित गराउन लागि परेका हयारी भण्डारीलाई सहयोग गर्न अपिल गर्नुहुँदै अहिले प्रवासमा खास गरी अमेरिकामा हामीहरूले मान्ने सवैप्रकारका चाडबाड भन्दा महत्त्वपूर्णै अभियान भण्डारी जिताऔँ अभियान भएको बताउनुहुन्छ , हमाल अमेरिकी सिनेटमा सशक्त भूमिका खेल्ने व्यक्तिलाई नेपालीको कार्यक्रममा ल्याउन सक्नु आफैमा ठुलो उपलब्धि भएको बताउनुहुन्छ ।

को हुन सिनेटर होलान् ?
अमेरिकाको सिनेटमा आफ्नो गर्विलो र सशक्त भूमिका निर्वाह गर्नुहुने क्रिस भ्यान होलान् मेरिल्याण्डवाट सिटनेरमा विजयी हुनुभएको हो । उहाँ सिनेटको बजेट कमिटीमा रहनुभएको छ भने अहिले डेमोक्रयाट पार्टीको सबैभन्दा सशक्त नेता हुनुहुन्छ । उहाँको काँधमा ३३ सिनेटरहरुलाई विजयी बनाएर सिनेटमा डेमोक्रयाट पार्टीको वर्चस्व कायम राख्ने जिम्मेवारी रहेको छ ।

गत महाभूकम्प पश्चात् नेपाली आप्रवासीलाई समेत टिपिएसको सुविधा दिनुपर्छ भनेर लविङ्ग गर्नुभएका सिनेटर क्रिसले टिपिएस् वाहकलाई सिटिजनको पथमा लैजानुपर्छ भनेर विल नै प्रस्तुत गर्नुभएको थियो । नेपालीहरूको अमेरिकाको मूलधारको राजनीतिमा समाहित गराउने अभियानमा उहाँको सहभागिताले निकै महत्त्व बोक्ने छ । राजदूत पिताजी र अनुसन्धान विभागमा दक्षिण एसिया मामिला हेर्नु भएकी आमाका छोरा क्रिसले नेपालीलाई विशेष महत्त्व दिँदै आउनुभएको छ ।

अमेरिकाको राजनीतिमा डेमोक्रयाट पार्टीको प्रभावशाली सिनेटर क्रिसलाई पूर्व राष्ट्रपतिहरू विल क्लिन्टन र वाराक ओबामाका विश्वासपात्र व्यक्तिको रूपमा लिइन्छ । अमेरिकाको राजनीतिमा सशक्त र सबल भविष्य भएका क्रिस भ्यान होलानले भविष्यमा कुन पोजिशनमा आफूलाई उभ्याछन भनेर आँकलन गर्न सकिन्न । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू