अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३१ | Colorodo: 15:46

शेयर बजारः तीन अर्ब बढीको कारोबार

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:४० मा प्रकाशित

धितोपत्र बजारमा यस साता ३ अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ । कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरिद विक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोबार रकम गत साताको भन्दा २६ दशमलव शून्य दुई प्रतिशतले बढी हो । गत साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर २ अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर खरीद विक्री भएको थियो ।

यस साता कारोबार रकमका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको २३ करोड ३६ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो क्यापिटलको ३० लाख ८५ हजार कित्ता शेयर कारोबार भयो । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू