अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

गण्डकी प्रदेशमा कफीको सम्भावना अधिक छ -मन्त्री थापामगर

बिआरटीनेपाल २०७५ असोज १३ गते ९:३५ मा प्रकाशित

गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले गण्डकी प्रदेशमा कफी खेतीको लागि सम्भावना अधिक रहेको बताउनुभएको छ । प्राङगारिक कफी उत्पादन गुणस्तर ब्यवस्थापन तथा बजारीकरण सम्बन्धि तालिमको शुभारम्भ मन्त्री थापामगरले एक रोपनी क्षेत्रमा लगाएको कफीबाट मासिक ६ हजार भन्दा बढी आम्दानी हुने उल्लेख गर्नुभयो ।

पोखरा पर्यटनको हव बन्दै गरेकोले कफीको बजारीकरणमा समस्या नहुने उहाँको भनाई थियो । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले नेपालको कफीको माग विश्व बजारमा उच्च रहेपनि उत्पादन न्यून रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली अर्गानिक अरविका जातको कफीको माग बार्षिक ६ हजार देखि ८ हजार मेट्रिक टन सम्म हुने भएपनि उत्पादन भने ४ सय ६६ मेट्रिक टन मात्रै हुने गरेको छ । उहाँले अहिले नेपालबाट ६ मेट्रिकटन मात्रै कफी निर्यात हुने गरेको जानकारी दिनुभयो । गण्डकी प्रदेश र प्रदेश नं ५ का जिल्ला कफी संघ र सहकारीका अध्यक्ष र ब्यबस्थापकको लागि आयोजना गरिएको तालिम सोमबारसम्म चल्नेछ ।

तालिममा डाक्टर राजकुमार बञ्जरा, डाक्टर अच्युत ज्ञवाली, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखरा निर्देशक लक्ष्मण पोखरेल लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया