अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

गायक शिव परियारको आवाजमा खोज्दा खोज्दै

बिआरटीनेपाल २०७५ असोज १२ गते २०:२६ मा प्रकाशित

आधुनिक सुगम सङ्गीतमा एक विशिष्ट स्थान बनाइसकेका गायक शिव परियारको आवाजमा रहेको “खोज्दा खोज्दै” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरू र बिछोडका पिडालाई फरक रूपमा समेटिएको छ ।

जीवन बुढाथोकीको शब्द, टिका भण्डारीको सङ्गीत र कुमार थापाको एरेन्ज रहेको छ भने मुकेश हुमाँगाईँको छायाङ्कन, अमृत चापागार्इँको सम्पादन र चर्चित निर्देशक जसु याक्खाको निर्देशनमा भिडियो तयार गरिएको छ । उक्त भिडियोमा जीवन बुढाथोकी, कविता बोखिम लिम्बु र बाल कलाकारको भूमिकामा अद्रियाना याक्खाको अभिनय रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू