अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९ | Colorodo: 15:04

पूर्व टुरमा कन्दरा ब्यान्ड

बिआरटीनेपाल २०७५ असोज ९ गते ९:०० मा प्रकाशित

धरान, करिब अढाई दशक अघि स्थापना भएको निक्कै नै चर्चित पोखरेली ब्यान्ड कन्दरा आगामी असोज १२ गते देखि पूर्वको तीन मुख्य सहरहरूमा आफ्नो साङ्गीतिक कार्यक्रम लिएर आउदैछन् । 

असोज १२ गते शुक्रवार दमकमा निर्माणाधीन रहेको हाम्रो बाल आश्रम निर्माणमा सहयोग पुर्‍याउने अभिप्रायले दमक स्थित सरस्वती माविको मैदानमा कन्दरा लाइभ इन कन्सर्ट-दमक आयोजना हुँदैछ भने असोज १३ गते शनिवार बिर्तामोडको टावर टेम्पल स्कुलको मैदानमा भान्जा इन्टरटेनमेन्टको आयोजना कन्दरा लाइभ इन कन्सर्ट-बिर्तामोड आयोजना हुँदैछ । दुवै सहरमा पहिलो पल्ट प्रस्तुति दिन लागेको कन्दरा ब्यान्डले आगामी असोज १५ गते सोमबार १९ वर्षको अन्तरालमा धरानमा हुने कन्दरा लाइभ इन कन्सर्ट-धरानमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

लेककी हे माया’, हङकङ पोखरा, तिमी पारी त्यो गाउँमा, डाँडा पारी, तगारोमा रुमाल राखी, चञ्चले कान्छीको, विश्वासको दियो, बिदिसिएर गइन उनी जस्ता थुप्रै चर्चित गीतहरू गाएको कन्दरा ब्यान्ड लामो समयको ग्याप पछि पुन साङ्गीतिक क्षेत्रमा अहिले निक्कै सक्रिय छन् । गत वर्ष पनि उर्लाबारी र इनरुवामा प्रस्तुति दिन आएको कन्दरा ब्यान्ड अहिलेको पूर्व टुर बाट एकदमै उत्साहित रहेको मुख्य भोक लिस्ट विवेक श्रेष्ठ बताउँछन् । दमक र बिर्तामोड मा पहिलो पल्ट र धरानमा १९ वर्षको अन्तरालमा कार्यक्रम गर्न आउदैछौ, दर्शक श्रोताहरूको राम्रो साथ पाउने आशा कन्दराका विवेक श्रेष्ठ बताउँछन् ।

सिल्भर इन्टरटेनमेन्टको व्यस्थापन र नेपाल आइस नेचुरा बियरको प्रायोजनमा कन्दरा लाइभ इन कन्सर्ट आयोजना हुन लागेको हो ।

प्रतिक्रिया