अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्यु योर्क सहरमा

बिआरटीनेपाल २०७५ असोज ६ गते ७:४७ मा प्रकाशित

न्यु योर्क, पहिलो नेपाल अमेरिकन बिजनेश कन्फ्रेन्स एन्ड एक्स्पो न्यु योर्क सहरमा सम्पन्न भएको छ ।
न्युयोर्कस्थित महावाणिज्यदुतावास कार्यालयको सहयोगमा दि नेप्लिज अमेरिकन फाउन्डेसन –द नेप्लिज अमेरिकन फेस्टिभलले एक्स्पोको आयोजना गरेको हो ।

दि ग्रेटर न्यु योर्क च्याप्टर अफ कर्मससंगको साझेदारीमा आयोजित यस एक्स्पोमा १५० भन्दा बढी एक्जिभिटरहरु रहेका थिए भने ३५०० भन्दा बढी आगन्तुकहरुको उपस्थिति थियो ।

अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले यस किसिमका एक्स्पोले दुई देशबिचको व्यापार साझेदारीमा महत्त्वपूर्ण योगदान मिल्ने बताए ।

‘व्यापार र पर्यटन प्रवर्धनका निम्ति यस्ता कार्यक्रम निकै नै महत्त्वपूर्ण हुन्छ, राजदूत कार्कीले भने । 

नेपाल उधोग तथा वाणिज्य मन्त्रालय अन्र्तगत टे«ड एन्ड एक्सपोर्ट प्रमोसन सेन्टर र नेपाल टुरिजम बोर्डको समेतको सहभागिता रहको कार्यक्रम निकै सफल भएको एक्स्पोका कार्यकारी निर्देशक अमित शाहले बताए ।

‘हामीले यस एक्स्पोमा ३ कुरामा जोड दिएका थियौ, शाहले भने । ‘पहिलो नेपाल अमेरिकाबिच व्यापार प्रवर्धन, दोस्रो यहाँ भएको बिज्नेश अन्टरप्रनरहरुलाई अगाडी ल्याउने र तेस्रो यहाँ रहेका नेपाली व्यापारीलाई अमेरिकी व्यापारीहरूसँग सम्बन्ध विस्तार गर्ने मौका प्रदान गर्ने । ’ 

एक्स्पोमा ग्रेटर न्यु योर्क च्याप्टरका अध्यक्ष मार्क जेफले आफ्नो संस्था नेपाली उधोगीलाई सक्दो सहयोग गर्ने तयार रहेको बताए । नेपाली अमेरिकनले पहिलो पटक यति ठुलो एक्स्पो आयोजना गरेकोमा अधिकांश वक्ताले बधाई दिएका थिए ।

त्यस्तै, अमेरिकामा रहेका साना बिजेनेशका प्रतिनिधि पिटर फेनल, न्यु योर्क मेयर अफिसका गे्रग बिसप लगायतले एक्स्पोको निरन्तरतामा जोड दिएका थिए । 

प्रतिक्रिया