अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

महान्यायाधिवक्ताविरुद्ध ट्रम्पको खरो टिप्पणी

बिआरटीनेपाल २०७५ असोज ४ गते ९:३६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको वताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वातामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको टिप्पणी गर्नुभएको हो । उहाँले सेसन्सले उठाएको प्रवासीको मुद्दाप्रति पनि असन्तुष्टि जनाउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले गरेको आलोचनाप्रति सेसन्सले कुनै प्रतिक्रिया दिनुभएको छैन । कुनै पनि सत्तासिन राष्ट्रपतिले आफ्ना महान्यायाधिवक्ताको आलोचना गर्नुलाई असामान्य मानिन्छ । आलोचकहरुले भने ट्रम्पले कानुनी व्यवस्थामा हस्तक्षेप गर्ने कोशिस गरेको आरोप लगाएका छन् । अघिल्लो महिना पनि राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता सेसन्सको आलोचना गर्नुभएको थियो । त्यसपछि रिपब्लिकन पार्टीका दुई सिनेटरले आगामी नोभेम्बरमा हुने मध्यावधी चुनावपछि सेसन्सलाई बर्खास्त गरेमात्र ट्रम्पलाई समर्थन गर्न सकिने बताएका थिए ।

तर, रिपब्लिकन पार्टीका अन्य नेताहरुले भने ट्रम्पको कदम गलत भएको र महान्यायाधिवक्तालाई समर्थन गर्नुपर्ने बताएका छन् । यसअघि सेसन्सले ट्रम्पको अभिव्यक्तिको जवाफ दिँदै आफू महान्यायाधिवक्ताका रुपमा रहेसम्म न्याय विभागमा कुनै पनि गलत राजनीतिक हस्तक्षेप हुन नदिने वताउदै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू