अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

अमेरिकामा रहने महिलाहरूले तीजको व्रत र पूजा सम्पन्न गरे

बिआरटीनेपाल २०७५ भदौ २८ गते ७:४७ मा प्रकाशित

डिसी नेपाली समाज,अमेरिकाले सार्वजनिक ‘तीजको पूजा’ सम्पन्न गर्‍यो । हिन्दु महिलाहरूले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दै डिसी नेपाली समाज, अमेरिकाले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यही 2018 September 12 तारिख हरितालिकाको दिन तीजको व्रतको पूजा आयोजना गरी दुई समूहमा तीजको पूजा सम्पन्न गर्‍यो । विगतका वर्षहरूमा जस्तै अहिले पनि यस संस्थाका अध्यक्ष अरुण रुपाखेतीको घरमा व्यवस्थित तरिकाले सम्पन्न उक्त तीज पूजा यस क्षेत्रका प्रसिद्ध ज्योतिष पण्डित राजेन्द्र खनालले वैदिक विधिपूर्वक गराउनु भयो ।अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष धेरै जनाको सहभागिता हुनुका साथै आजको वातावरण पनि सफा रहन गई सम्पन्न भयो । यस्तै गरी अमेरिकाका विभिन्न भूभाग, गुरु तुलसी कँडेलद्वारा टेक्ससको शक्तिकेन्द्र डालसमा, भर्जिनियाको हरन्डनमा र मनाससमा गुरु डिल्लीराम अधिकारीद्वारा, मेरिल्यान्ड मन्दिरमा गुरु श्रीधर ज्ञवालीद्वारा पनि तीजको पूजाहरू भव्यरुपमा सम्पन्न भएको छ ।
अमेरिकामा रहेका अधिकांश नेपाली महिलाले निलाहार (पानी पनि नखाई) व्रत बस्ने र गुरु बोलाई विधिपूर्वक पूजा गर्ने चलन बढ्दो छ तर नेपालमा रहनेहरूका लागि भने सुन्दा अचम्म पनि लाग्न सक्छ किनकि अहिले नेपालमा धर्म परिवर्तन तथा अधार्मिक कुराहरूको प्रचार बढी भई राखेको छ । यस्तै तरिकाले यहाँ हाम्रो धर्म र संस्कारलाई बचावट गर्ने क्रममा विभिन्न सङ्घ संस्थाहरू, मन्दिरहरू पनि अगाडि सरेको पाइन्छ । तर “save our culture “ भन्ने मूल नारालाई नै अँगाली अगाडि बढिरहेको संस्था डिसी नेपाली समाज भने अरू भन्दा अलि भिन्न प्रकृतिको रहेको छ । सन् २०१० मा स्थापित यस संस्थाले अमेरिकाको पूर्वीय भूभाग वासिङ्टन डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने तथा यस क्षेत्रमा रहनु हुने सबै आमा, दिदीबहिनीहरूलगायत सम्पूर्णलाई निमन्त्रणा गरी जनै पूर्णिमा कार्यक्रम पनि भव्यरुपमा मनाउँदै आइरहेको छ भने अन्य चाडपर्व दसैँ, तिहार व्रत, मण्डप निर्माण, पूजाआजा आदि कार्यहरू पनि गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू