अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

प्रचण्ड भारत भ्रमणमा-सहमति कार्यान्वयनमा जोड

बिआरटीनेपाल २०७५ भदौ २२ गते ९:१९ मा प्रकाशित

३ दिने भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । भेटमा नेपाल–भारत सम्बन्ध र नेपालको आर्थिक समृद्धिका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । भेटमा वहाँले सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना घट्न नदिने विश्वास दिलाउनुभएको थियो ।

यसअघि प्रवासी नेपालीसँगको भेटघाटमा नेपाल भारतबीच विकसित भएको सम्बन्धलाई सदुपयोग गर्न सके प्रवासी नेपालीका समस्या सहजै समाधान हुने वताउनुभएको थियो । भेटमा प्रवासी नेपालीका प्रतिनिधिले भारतमा भोग्नु परेका समस्याका बारेमा जानकारी गराएका थिए । बैंक खाता, श्रम सुरक्षा, सिमामा हुने लुटपाट जस्ता समस्या यथावत रहेकाले त्यसलाई सम्बोधनको पहल गर्न उनीहरुले अध्यक्ष प्रचण्ड संग आग्रह गरेका थिए । उनीहरुलाई आश्वस्त पार्दै अध्यक्ष प्रचण्डले प्रवासी नेपालीका समस्या थुप्रै भएकाले प्रक्रियागत रुपमा समाधान गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू