अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२८ | Colorodo: 07:43

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सेनाका क्याप्टेन पक्राउ

बिआरटीनेपाल २०७५ भदौ ३ गते १२:२५ मा प्रकाशित

काठमाडौँ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० राउन्ड गोलीसहित भारतीय सेनाका क्याप्टेनलाई पक्राउ गरेको छ । आइतबार दिउँसो नेपाली मूलका भारतीय सेनामा कार्यरत क्याप्टेन दलबहादुर पुनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

पुनबाट (जेरो प्वाइन्ट टु टु) २० राउन्ड गोली बरामद गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले पुष्टि गरेका छन् । पक्राउ परेका पुनलाई अहिले काठमाडौँको गौशालास्थित महानगरीय प्रहरी वृत्तमा राखिएको छ । 

बुद्ध एयरको विमानमार्फत पोखरा जाँदै गरेका पुनलाई डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितवन निवासी पुन हाल काठमाडौँको सामाखुसी बस्दै आएका थिए । पक्राउ परेका पुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू