अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

हेम्ज़ा कल्याणकारी समाज, अमेरिका गठन- अध्यक्षमा नीरज सापकोटा

बिआरटीनेपाल २०७५ साउन २८ गते २३:११ मा प्रकाशित

नेपालको सुन्दर नगरी पोखरा महानगर पालिका अन्तर्गत वडा नं २५ हेम्जा देखी अमेरिका आएर विभिन्न राज्यमा बस्दै आउनु भएका हेम्जाली दाजुभाइ दिदी बहिनीहरूको आज Eisenhowsr Park, वेष्टबरी लङआइल्यान्ड, न्युयोर्क पार्कमा बृहत् वनभोजको आयोजना गरी हेम्ज़ा कल्याणकारी समाज, अमेरिका गठन गरेको छ ।

भेलाले अध्यक्षमा नीरज सापकोटालाई सर्व सम्मतले चयन गरेको छ । भने क्रमशः उपाध्यक्ष गङ्गा थापा, महासचिव अनिल कुँवर, सचिव नवीन अधिकारी, कोषाध्यक्ष पदम दाहाल र सदस्यहरूमा अबिनय अधिकारी, विनोद कार्की, मनोज सापकोटा, गोविन्द कुँवर, दान बहादुर थापा, सुभद्रा सापकोटा रहेका छन् । अनुमानित तिन सय भन्दा बढी सङ्ख्यामा रहेको र पारस्परिक एकता सौहार्दता र आत्मीय सम्बन्धलाई अझ बढी गाढा बनाउनको लागि कम्तीमा पनि वर्षको एक पटक प्रत्यक्ष भेटघाट गरी पारिवारिक वातावरणमा आपसी दुख सुख साट्ने, रमाइलो गर्ने भावना र उद्वेश्यले ओतप्रोत हुँदै वनभोज कार्यक्रम आयोजना गरेको समाजका एक सल्लाहकार विश्व बाँस्तोला जानकारी दिनु भयो । समाजका अन्य सल्लाहकारहरूमा गंगाधर त्रिपाठी, वीर ब कुँवर, हरि खड्का विदुर सापकोटा लगायतलाई चयन गरेको छ ।

हेम्ज़ा पोखराको बृहत्तर हितमा काम गर्दै जाने र अन्य सङ्घ संस्थाहरूसँग पनि सह-कार्य गर्ने नेपाल र नेपालीको हितको लागी काम गर्न हेम्ज़ा कल्याणकारी समाज, अमेरिका गठन भएको अध्यक्ष नीरज सापकोटाले जानकारी गराएका थिए । 

प्रतिक्रिया