अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

जीवन स्वयम् एउटा विश्वकप फुटबल

उर्मिला निर्दोषी २०७५ साउन १६ गते २०:५८ मा प्रकाशित

मान्नु नमान्नु सबको मर्जी हो
जीवन यहाँ हरेकको एउटा विश्वकप फुटबल हो।
जानेर वा नजानेर सबले खेल्नै पर्ने
विकल्प बाहिरको एउटा यो “अनिवार्यता “ हो।

भभिनय, खेल मैदानको नियमानुसार
हरेक खेलाडीको उमेर र रोलको यो “अनिवार्यता” रे।
छल्नु, छलाउनु, लड्नु , लडाउनु र गोलपोष्ट लक्ष्य
जीवन फुटबल खेलाडीको यो मात्र “सहजता” रे।

दौडिनु, लात्ती हान्नु अनि लातहरू खानु
फुटबल खेलको यो केवल “रौनकता” रे।
दुर्तता, वेग र रफ्तारको सरिता झैँ
हरेक फुटबल खेलाडीको शुरम्य अर्को अविरल घारा रे।

नियम पालना, होसियारी र विदुरनिति
“जीवन विश्वकप फुटबल” खेलाडीको “कसि” रे।
खेल परिणाम, जीत हार दु:खसुखको हृदयङ्गम
खेलाडीको आफ्नै “मन -सारथीको “ परीक्षा रे।

राता- पहेँला कार्डहरू प्राप्तिबिना
सधैँ सधैँ गोलपोष्टमा पुग्न कोसिस गर्नु
आफ्नै मन, बचन र कर्मलाई रेफ्री घोषणा गरेर
विश्वकप जित्नु साच्यै “जीवन विश्वकप फुटबल “ जित्नु हो।
साच्यै “जीवन विश्वकप फुटबल” जित्नु हो ।