अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

स्वागत गर्रौ नयाँ वर्ष २०७६ लाई

उर्मिला निर्दोषी २०७६ वैशाख ९ गते १६:५१ मा प्रकाशित

कविता

स्वागत गर्रौ नयाँ वर्ष २०७६ लाई
धेरै वर्षहरू बिते,
क्यालेण्डरका पानाहरू क्रमशः फर्किँदै गए,
आगतले विगतलाई सजिलै बिदा दिए,
ऋृतुहरू आउने-जाने निरन्तरता कायम नै भए ।

सामुमा, समय-फगत इतिहास बन्यो ।
फेरी त्यही समयले सबलाई,
इतिहास-चक्रको पात्रमा समावेश गरिरहेछ ।
के थाहा ? हाम्रा भूमिकाहरू,
पुरा भए-भएनन् ? विवाद नगरौँ,
लेखा जोखाको सही हिसाब भैईरहेको छ ।

ढुक्क होऊँ ! यो नातावाद-कृपावादबाट मुक्त छ ।
नत यो घुसखोरीको लालचमै फस्छ ।

एउटा सीगौँ जिवनरूपी सबको यो “कक्षाकोठामा”,
नयॉ वर्षले फेरि “अध्यापन सुरु गरेको छ”।

आऊँ! हामी सब आफ्नै-आफ्नै इतिहासका,
सीगॉकि किताबहरूका ठेलीहरू पढौँ !

नदोह्याऊ पुराना ती गल्तीरू,
सीकौ, आफ्नै इतिहासहरूबाट,
अनि स्वागत गर्रौ नयाँ वर्ष २०७६ लाई
स्वागत गर्रौ नयाँ वर्ष २०७६ लाई