अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

डा. गोविन्द केसीको समर्थनमा काठमाण्डौंमा विशाल प्रदर्शन

बिआरटीनेपाल २०७५ साउन ३ गते ९:११ मा प्रकाशित

२० दिनदेखि जुम्लामा अनशनरत् डा. गोविन्द केसीका माग पूरा गर्न माग राख्दै बिहीबार काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । सरकारले २० दिनसम्म पनि डा. केसीका माग पूरा गर्न चासो नदिएको भन्दै नेपाल चिकित्सक संघ, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘माफियामुखी ऐन चाहिँदैन’, ‘नेकपाको सत्ता, चिकित्सक ऐन बेपत्ता’, ‘डा. केसीको मानवअधिकारको सम्मान गर’, लगायतका नारा लगाएका थिए । माइतीघरमन्डलाबाट सुरु भएको ¥याली नयाँबानेश्वर पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले डा. केसीका माग पूरा गर्नुको साटो अपहरण शैलीमा डा. केसीलाई जबर्जस्ती काठमाडौं ल्याउन खोज्नुले सरकार आतंककारी बनेको आरोप लगाउनुभयो । सभामा चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ, उपाध्यक्ष ढुण्डिराज पौडेल लगायतले डा. केसीका माग सम्बोधन गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू