अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२० | Colorodo: 16:35

रुकुममा जीप दुर्घटना, ७ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ साउन २ गते ८:४८ मा प्रकाशित

 

पूर्वी रुकुममा भएको जीप दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ । स्थानिय सिस्ने गाउँपालिकाको रुकुमकोटबाट सोही गाउँपालिकाको धौलापैरा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा दुर्घटना भएको रुकुम प्रहरीले जनाएको छ । दुर्घटनामा परी ४ जनाको घटनास्थलमा र अन्य ३ जनाको जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचारका क्रममा मृत्यु भएको जनाईएको छ ।

मृत्यु हुनेमध्ये ५ जना पुथा उत्तरगंगा गाउँपालिकाका रहेका छन् । ३५ वर्षीय कुमार पुन, ३१ वर्षीय बुद्धिराज पुन, २२ वर्षीय किरण पुन, २० वर्षकी तिर्सना तुलाचन, ३२ वर्षीय सलिमा बर्मा पुथा उत्तरगंगा गाउँपालिका निवासी हुन ।

त्यसैगरी, भूमे गाउँपालिकाका ४ का २८ वर्षीय अर्जुन विक र कोहलपुरकी २२ वर्षीया ललिता परियारको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालकसहित अन्य चारजना घाइते भएका छन । उनीहरुलाई थप उपचारका लागि काठमाडौं लगिएको वताईएको छ ।

दुर्घटनाग्रस्त जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ । बर्षाको समयमा सडक चिप्लो भएका कारण जीप दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपी जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू