अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

सरकार कसैले थर्काएर थर्किदैनः प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ साउन १ गते ८:३१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई सही बाटोमा हिडाउन लागेकाले कसैले थर्काएर नथर्किने वताउनुभएको छ । मंगलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यलय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्ने स्पष्ट पार्नुभयो । सरकारले जसले जे माग राख्यो त्यो पूरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय लिने काम नगर्ने प्रधानमन्त्रीको भनाई थियो ।

अन्य सरकार भन्दा वर्तमान सरकार फरक रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले सरकारले देशलाई थितीमा हिडाउन चाहेको वताउनुभयो । जनताले सरकारलाई सुम्पिएको अभिभारा पूरा गर्नेमा कुनै सन्देह उहाँको भनाई थियो । ‘सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधी र सामाजिक न्याय हुन नदिनेले सरकारविरुद्ध अफवाह फैलाएका छन’ प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्छ ।’

दुई–चार महिना मै समृद्धि हासिल गर्न नसकिने बताउँदै धैर्य गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकाले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको प्रधानमन्त्रीको भनाई थियो । निर्वाचन आचारसंहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर कांग्रेसले विधि विधान विपरीत गरेको उल्लेख गर्दै उहाँले यस्ता विषयलाई सरकारले कानुनी बाटोमा ल्याएको वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू