अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

भक्तपुरको बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मदनकृष्ण सिलवाल, भक्तपुर २०७५ असार ३२ गते १६:३९ मा प्रकाशित

असार २७ देखिको अविरल वर्षापछि आएको बाढीले प्रभावित हनुमन्ते, सल्लाघारीका विभिन्न स्थानका स्थानीय बासिन्दाहरूलाई लक्षित गर्दै सल्लाघारी एलुम्नाई एसोसिएसन नेपाल र डिक्यानद्वारा संयुक्त रूपमा सरसफाइ तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बाढीबाट प्रभावित ती क्षेत्रमा स्थानीय जनजीवन अस्तव्यस्त भएका कारण विगत केही दिनदेखि स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्दै आइरहेकाले स्वास्थ्य शिविरमा पानीजन्य रोगको रोकथामको लागि पियुुस लगायत पानी स्वच्छ बनाउने औषधी एवम् जीवनजल समेत निःशुल्क वितरण गरियो ।

कार्यक्रममा रुक्माङ्गत कटुवाल ट्रस्टका अध्यक्ष तथा नेपाली सेनाका पूर्व महारथी रुक्माङ्गत कटुवाल र सल्लाघारी एलुम्नाई एसोसिएसन नेपालका अध्यक्ष नेपाली सेनाका पूर्व उपरथी ताराबहादुर कार्कीको उपस्थिति रहेको थियो ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा २०० भन्दा बढी स्थानीयवासीहरुले स्वास्थ्य परीक्षण गराउनुका साथै जीवनजल र बोतल पियुस निःशुल्क वितरण गरिएको कार्यक्रम संयोजक डा. राजेन्द्र केसीले बताउनुभयो । 

प्रतिक्रिया