अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०६ | Colorodo: 16:21

सानद्वारा रक्तदान एवं वृक्षारोपण कार्यक्रम सम्पन्न

मदनकृष्ण सिलवाल, भक्तपुर २०७५ जेठ २२ गते १३:०२ मा प्रकाशित

सल्लाघारी एल्मुनाई एसोसिएसन नेपाल (सान) ले १२औँ स्थापना दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसको अवसरमा वृहत् रक्तदान तथा वृक्षारोपण कार्यक्रम भक्तपुर सल्लाघारीस्थित श्री सैनिक आवासीय महाविद्यालय परिसरमा कार्यक्रम सम्पन्न गरेको हो । श्री सैनिक आवासीय महाविद्यालयका पूर्व विद्यार्थीहरूको सङ्गठन (सान) ले श्री सैनिक आवासीय महाविद्यालय परिसरमा ‘सान ट्रि’ वृक्षारोपण गर्नुको साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

सो अवसरमा सानका अध्यक्ष मेजरजनरल ताराबहादुर कार्की, श्री सैनिक आवासीय महाविद्यालयका सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी, प्रिन्सिपल सुरेन्द्र पनेरु, शिक्षक, कर्मचारीलगायत सानका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता रहेको सानका सचिव डा। राजेन्द्र केसीले बताउनुभयो । सो रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान दिनुभएको थियो भने कार्यक्रम सम्पन्न गर्नका लागि रेडक्रम सोसाइटी, डिक्यान लगायतका संस्थाहरूले सहयोग गर्नुभएको थियो । 

वि.सं. २०४३ साल जेठ २२ गते स्थापना भएको श्री सैनिक महाविद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको सक्रियतामा वि.सं. २०६३ सालमा स्थापित सल्लाघारी एल्मुनाई एसोसिएसन नेपाल ९सान०ले शिक्षा, स्वास्थ्य एवं विभिन्न समयसान्दर्भिक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको सचिव डा। राजेन्द्र केसीले बताउनुभयो । 

फोटो: समीर खड्का

सम्बन्धित सामग्रीहरू