अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

डा. केसीको जीवन रक्षा गर्न काँग्रेसको माग गर्दै काँग्रेसद्वारा प्रतिनिधि सभाको आजको बैठक अबरूध्द

बिआरटीनेपाल २०७५ असार २२ गते ८:५४ मा प्रकाशित

डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी दल नेपाली काँग्रेसले संसद् अवरुद्ध गरेको छ । शुक्रवार लगातार दोस्रो पटक बैठक अवरुद्ध भएको हो । बैठक सुरु हुनासाथ काँग्रेस सांसदहरूले उठे ।

जरुरी सार्वजनिक महत्त्वको प्रस्तावक दिलेन्द्रप्रसाद बडूले डा. केसीको जीवनरक्षाको गम्भीर प्रश्नमा सरकार गम्भीर नभएको भन्दै संसद्को कारबाही अघि बढ्न नसक्ने बताए । तर काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले यस्तो संवेदनशील विषयमा पनि सरकारले बेवास्ता गरेको भन्दै सो विषयमा छलफल अगाडी नवडे सम्म बैठक चल्न नसक्ने धारणा राखे ।

उनले अब पुग्यो कि भन्दै बेलाबेला काँग्रेस सांसदहरूसँग ठट्टा पनि गरे । तर, काँग्रेस सांसदहरूले बस्न नमानेपछि असार २५ गतेसम्मका लागि संसद् बैठक स्थगित भएको छ ।

शुक्रवारको पहिलो बैठक पनि काँग्रेस सांसदहरूले डा. केसीको जीवन रक्षा गर्न माग गर्दै सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गर्न माग गर्दै अवरुद्ध गरेका थिए । त्यति बेला सभामुख महराले संसद् बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू