अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

जापानमा पहिलो पटक नेपाली कार्यक्रममा, जुनको तावेई देखि हारुहितोसम्म सम्मानित

राजन गौतम, टोकियो २०७५ असार १८ गते १०:२३ मा प्रकाशित

आइतबार टोकियोमा पहिलो पटक नेपाल जापान बिजिनेश काउन्सिल, द स्काइ मूभिज प्रा. लि. र साइनो इन्टरटेन्टमेन्टको संयुक्त आयोजनामा “जापानमा नेपालको पर्यटन प्रवर्धन” मा टेवा पुर्‍याउने उद्देश्यले नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउन योगदान गरेका जापानी नागरिकहरूलाई विशेष सम्मान गरियो ।

संयोजक सुजन पन्तका अनुसार जापान र नेपाल बिचमा पुलको भूमिका निर्वाह गरी चौतर्फि रूपमा राष्ट्रको हकहितमा सदैव कार्य गर्ने उद्देश्य सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

यस कार्यक्रमको प्रमुख अतिथिमा नेपाल चलचित्र निर्माता संधका अध्यक्ष आकाश अधिकारी, विशेष अतिथिमा एनआरएनए ग्लोबल युथ फोरमका संयोजक सुदन थापा, सुरेश केसी लगायत जापानका विभिन्न मिडिया देखि नेपाली संध संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको नेपाली राष्ट्रिय गानबाट शुरुगरी कार्यक्रम संयोजक दीपेन्द्र पौडेलले शुभकामना सन्देश दिएका थिए भने नेपाल जापान बिजिनेस काउन्सिलका भाईस-चेयरमेन हिराकावा मसाइचिले कार्यक्रमको पृष्ठभूमिको बारेमा प्रकाश पारेका थिए ।

प्रमुख अतिथि आकाश अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै यस कार्यक्रमले दुईदेश बिचको सम्बन्धमा थप आयाम थप्न सफल भएको र आउँदा दिनहरूमा पनि यस्ता महत्त्वपूर्ण कार्यक्रम गर्दै जाने हो भने नेपाल जापानको सम्बन्धमा सुधार भई पर्यटन प्रवर्दनमा टेवा पुग्न सक्ने कुरामा विश्वास लिएका छन् ।

कार्यक्रममा सम्मान गरिएको ५ जना जापनिज नागरिकहरूले नेपाल र जापानको विकासमा पुर्‍याउनु भएका योगदानहरूलाई प्रस्ट पार्दै सम्मान गरेकोमा आयोजकलाई ह्दय देखिनै धन्यवाद दिएका थिए ।

यस कार्यक्रममा सम्मानित भएका ५ जना व्यक्तित्वहरू निम्नानुसार रहेको छ ।

स्व.जनुको तावेइ
(विश्वमा पहिलो महिला सगरमाथा आरोहि) जुनको तावेई २०१७ मा निधन भएको, कार्यक्रममा उहाँको श्रीमान् तावेइ मासानोबु उपस्थित भई सम्मान ग्रहण गर्नुभएको थियो ।

मिउरा युउइचिरो
गनिजि ओल्ड रेकर्ड, सगरमाथा आरोहि जेष्ठ नागरिक) मिउरा युउइचिरो माउण्टेन कलाईममा जानुभएकोले गर्दा भिडियो मेसेजबाट सम्मान गर्नुभएको थियो र सम्मान उहाँको छोरी मिउरा ऐमिलिले ग्रहण गर्नुभयो ।

खाकिमि काजुमासा:
“OK बाजे नेपालको पाल्पा जिल्लाको विकासमा योगदान २५ वर्ष भन्दा बढी समय बिताई नेपाल र नेपालीहरूको शिर उच्च राख्नुहुने आदरणीय व्यक्तित्व हुनुहुन्छ ।

डा. इतो तोसिआकि:
नेपालमा गएको भूकम्पको सहयोगार्थ चलचित्र “カトマンズの約束 माई लव प्रेमिस फर काठमाडौँ” व्यक्तिगत लगानीमा बनाएर यसबाट उठेको पैसा नेपालमा सहयोग गर्नु भएका निर्देशक तथा मेजिरोट युनिभर्सिटीका प्रोफेसर पनि हुनुहुन्छ ।

नोजु हारुहितो:
मोरी जापनिज प्रधानमन्त्रीले पहिलो पल्ट नेपाल सन २००० मा भ्रमण गर्नुभएको थियो । त्यस बेलामा विशेष रूपमा नोजु हारुहितो महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । साथै उहॉंले दुईवदेश बिचमा पुलिड्ग रोलप्ले गरी जापानमा नेपाली भाषा र कल्चरलाई चिनाउने प्रमुख व्यक्ति पनि हुनुहुन्छ ।

साथै आयोजकले कलाकार/ निर्देशक एवं नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीलाई पनि नेपाली चलचित्र क्षेत्रको गुणस्तर प्रविधि विकास र चलचित्र प्रवर्धनमा लामो समय देखी पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सम्मान गरेका थिए । चलचित्र कान्छी हेर्दा सबैले आफ्नो देश र श्वेता खड्कालाई मिस्स गरेको बताए, साथै कान्छीको बारेमा जति सुनेका थियौँ, त्यो भन्दा धेरै राम्रो पायौँ, भन्दै सबैले निर्देशक आकाश अधिकारीलाई बधाई दिए । अधिकांश महिला दिदी बहिनीहरू रुँदै हलबाट बहिरिएका थिए ।

यस कार्यक्रमको सञ्चालन प्रसिद्ध एंकर जापनिज नागरिक मिमोए वातानावेले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू