अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

राष्ट्रपति ट्रंपले मुस्लिम देश विरुद्ध लगाएको यात्रा प्रतिबन्ध सर्वोच्चद्वारा सदर

पुरुशोत्तम ढकाल, लसएन्जलस २०७५ असार १२ गते २३:१८ मा प्रकाशित

अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रंपले मुस्लिम देशहरू विरुद्ध लगाएको यात्रा प्रतिबन्ध संविधान अनुरूप राष्ट्रिय सुरक्षाको हितमा भएको भन्दै सदर गरेको छ । अमेरिकी सर्वोच्च अदालतको यो फैसलालाई राष्ट्रपति डोनाल्ड ट्रंपको राजनीतिक सफलताको रूपमा परिभाषित गरिएको छ ।सर्वोच्च अदालतले सबै तल्लो अदालतले गरेको फैसला विरुद्ध यात्रा प्रतिबन्ध संविधान अनुरूप राष्ट्रिय सुरक्षाको हितमा भएको भन्दै राष्ट्रपति ट्रंपको कार्यकारी आदेशलाई सदर गरेको हो । यस अघि राष्ट्रपति डोनाल्ड ट्रंपले मुस्लिम देशहरू विरुद्ध लगाएको यात्रा प्रतिबन्ध गैर कानुनी कदम भएको भन्दै आलोचना हुँदै आएको थियो ।

अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रंपले मुस्लिम देशहरू विरुद्ध लगाएको यात्रा प्रतिबन्ध बारे फैसलामा भनेको छ, ‘यात्रा प्रतिबन्ध अमेरिकी संविधान अनुरूप आप्रवशन नीति र निश्चित धर्म प्रति लक्षित भएको पुष्टि हुँदैन ।’ फैसला लगत्तै चिफ जस्टिस जान रोबर्ट्सले यात्रा प्रतिबन्ध अमेरिकी राह्स्त्रिया सुरक्षाको हितमा सही कदम भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी सर्वोच्च अदालतको फैसलासँगै राष्ट्रपति डोनाल्ड ट्रंपले मुस्लिम देशहरू विरुद्ध लगाएको यात्रा प्रतिबन्ध थप देशहरूमा समेत लागु हुने र राष्ट्रपतिको स्वविवेकीय अधिकारलाई थप पुष्टि गरेको छ । स्मरण रहोस् राष्ट्रपति डोनाल्ड ट्रंपले सन २०१७ को सेप्टेम्बर महिनामा मुस्लिम देशहरूका नागरिक विरुद्ध यात्रा प्रतिबन्ध लगाएका थिए । राष्ट्रपति डोनाल्ड ट्रंपलेयात्रा प्रतिबन्ध लगाएका देशहरूमा इरान, लिबिया, सीरिया,सोमालिया र यमन थिए । 

सम्बन्धित सामग्रीहरू