अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

अमेरिकामा बहिराहरू सङ्गठित

विश्वराज बास्तोला, न्यु योर्क २०७५ असार ४ गते १९:४३ मा प्रकाशित

अध्ययन तथा रोजगारको सिलसिलामा नेपालको विविन्न ठाँउवाट अमेरिका आई बसोबास गर्दै आएका बहिराहरूले हकहित संरक्षण, संवर्द्वन, आपसी सहयोग सूचना आदान प्रदान गर्ने उद्वेश्यले “नेपाली बहिरा समाज” (NDAU)गठन गरेका छन्।

जुन १७ का दिन न्यु योर्क सहरको ज्याक्सनहाइटमा भेला भएका बहिराहरू र बहिरासँग सम्बन्धित व्यक्तित्वहरूको भेलाले श्री लक्ष्मण गिरीको अध्यक्षतामा एक समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा श्री लक्ष्मण तझ्या, महासचिव उपेन्द्र खनाल, कोषाध्यक्ष मोहन पन्थी, सदस्यमा जीवन पौडेल, प्रशंसा लम्साल, लोकेश खड्का, दीपक पोख्रेल, रविन्द्र वास्तोला, नवराज घिमिरे, सुदिप बराल रहनु भएको छ । संस्थाको संरक्षकमा विश्वराज वास्तोला र पुस्पराज गिरी रहनु भएको छ ।

गण्डकी बहिरा सङ्घका महासचिव सूर्य मोहन बरालको प्रमुख आतित्थमा भएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै रास्टिय विशेष शिक्षा परिषद्का पूर्व सदस्य विस्वराज वास्तोलाले अमेरिकामा रहेका नेपाली बहिराहरू आफ्नो मातृभूमि नेपालमा रहेका बहिरा क्षेत्रको गतिविधिमा सहयोगी हुने, बहिराहरूको पिरमर्का साटासाट उनीहरूको हकअधिकार तथा सुविधा एवं अमेरिकाको अध्यागमन नीति सुसुचित हुने लगायतका विविध कुराको लागि सङ्गठित हुनु राम्रो काम भएको बताउँदै अमेरिकी बहिराहरूका विविध सङ्घ संस्था र विध्यालयसंग समन्वय गरी नेपाल र अमेरिका तथा एसिया क्षेत्रका बहिरा गतिविधि आदान प्रदान गरिने र उक्त क्रियाकलापबाट नेपालका बहिरा लाभान्वित हुने बताउनु भयो ।

त्यस्तै लेखनाथ स्थित सिर्जना बहिरा मा.बि. का पूर्व प्र. अ. पुस्पराज गिरीले अमेरिकामा बहिराहरू सङ्गठित भएकोमा प्रशन्नता व्यक्त गर्दै आफूले यो क्षेत्रमा आफू सानो उमेर देखिनै लागेको र हाल अमेरिकामा पनि बहिराहरूको सङ्गठन देख्न पाउँदा Shoes stands for good behavior. हुने रहेछ र समाजसेवा गर्दा प्राप्त हुने आनन्द अरू कुनै काम गर्दा नआउने हुँदा आफ्नो वांचेखुचेको बाँकी जीवन बहिरा क्षेत्रमै बिताउने बताउनु भयो ।

पोखराबाट हालै अमेरिका आउनुभएका गण्डकी बहिरा सङ्घका महासचिव सूर्य मोहन बरालले अमेरिकामा रहेका सबै नेपाली बहिराहरू एक आपसमा सङ्गठित भएर अगाडी बढेमा धेरै काम गर्न सकिने बताउँदै सुरुवाती अवस्थामा काम गर्न कठिनाइ भए पनि बिस्तारै समाधान हुँदै जाने बताउनु भयो ।

समाजका अध्यक्ष्य लक्ष्मण गिरीले आँफू आज भन्दा १३ वर्ष अघि अमेरिका आउँदा यहाँको अध्यागमन सम्बन्धी नीति नियम कानुन बारे जानकारी नपाउँदा धेरै हण्डर बेहोरेको र आजकल उक्त समस्या बिस्तारै न्यूनिकरणँ हुँदै गएको धारणा राख्दै अध्यक्ष गिरीले बहिराहरूलाई अमेरिकामा रहनुभएका सबै सुन्ने व्यक्ति र नेपाली समुदायबाट सहयोग र सद्भावको अपेक्षा गर्नुभयो ।

संस्थाका महासचिव उपेन्द्र खनालले अमेरिकामा रहेका नेपाली बहिराहरूले नेपाली दोभासेको अभावका कारण अस्पताल तथा अध्यागमन सम्बन्धी निकायमा विविध झन्झट बेहोरेको वताँउँदै त्यो समस्या समाधानको दिशा तर्फ समितिको ध्यान जाने बताउनु भयो । उक्त कार्यक्रममा नवराज पौडेल, प्रशंसा लंसाल सहितले विविध धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया