अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११ | Colorodo: 12:26

अमेरिकाको एन्टाले जनकपुरधाममा मिथिला चित्रकला प्रतियोगिता गर्ने

बिआरटीनेपाल २०७५ असार २ गते ६:४५ मा प्रकाशित

एसोसिएसन अफ नेपाली तराइएन इन अमेरिका (एन्टा)ले आगामी जुन ३० तारिख शनिवार जनकपुरधाममा मिथिला चित्रकला प्रतियोगिता सहितको प्रदर्शनी गर्ने भएको छ ।

मातृभूमिलाई परेको बेलामा अमेरिकामा रहेता पनि मानवीय तथा अन्य सहयोग गर्दै आएको एन्टाले उक्त निर्णय गरेको हो । प्रदेश २ सहित मिथिला क्षेत्रमा मिथिला चित्रकला बनाउँदै आएका कलाकारहरूलाई एउटै छातामुनि ल्याउन उक्त प्रतियोगिताको आयोजना गरिन लागेको हो ।

मिथिला चित्रकला को प्रचारप्रसारका लागि सो मिथिला चित्रकला प्रतियोगिता र प्रदर्शनी गर्न लागिएको एन्टाका सांस्कृतिक कार्यक्रम संयोजक अपराजिता झाले बताइन ।

एन्टाका छनौट समितिले छनौट भएका चित्रलाई प्रथम, द्वितीय, तृतीय सहित ५ जनालाई सान्त्वना पुरस्कार दिने जनाएको छ । प्रथम पुरस्कारको राशि ३५ हजार, द्धितीय २० हजार, तृतीय १५ हजार र सान्त्वना पुरस्कार ५ हजार रहेको जनाइएको छ ।

आगामी जुन ३० तारिख जनकपुरधाम स्थित सिताशरण होटेलमा आयोजना गरिने प्रदर्शनीका लागि कलाकारहरूले पहिला नै नाम दर्ता गराउनुपर्ने छ । सिट सीमित रहेकोले समयमै नाम दर्ता गराउन झाले आह्वान गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू