अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

कतारमा नेपालीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला

बिआरटीनेपाल २०७५ जेठ २१ गते २१:५६ मा प्रकाशित

कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । 

कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो ।

यो फैसलाउपर नेपाली दुतावासले त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । औरही १ महोत्तरीका चौधरी हत्या अभियोगमा २०१७ अप्रिल पहिलो साता पक्राउ परेका थिए । अदालतले मृत्यु नभएसम्म गोली हानेर मृत्युृदण्ड दिने फैसला सुनाएको हो । पुनारावेदनमा बहस गर्न झन्डै ३० हजार रियाल करिव ६ लाख रुपैयाँ लाग्ने भन्दै दुतावासले बजेट उपलब्ध गराउन सरकारलाई अनुरोध गरेको छ ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू