अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

भर्जिनियामा समर कक्षाहरू सञ्चालन सम्बन्धी सूचना

बिआरटीनेपाल २०७५ जेठ १४ गते १४:५२ मा प्रकाशित

अमेरिकाको डिसी, मेरिल्यान्ड, भर्जिनिया वरपर रहनु हुने सम्पूर्ण आदरणीय नेपाली जनसमुदाय

“बालबालिकाहरू नै भविष्यका कर्णधार हुन् “भन्ने उद्देश्यअनुरुप उनीहरूलाई अतिरिक्त थप क्रियाकलापको लागि नेपालीहरूद्वारा नै सञ्चालित दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षित समर कक्षाहरूमा नृत्य कक्षा, गीतार कक्षा, पियानो कक्षा, मादल तथा तबला कक्षा, संस्कृत भाषा कक्षा, ज्योतिष कक्षा, अंग्रेज़ी भाषा कक्षा(ESL) र कम्प्युटर तथा गणित(Math Tution) कक्षा सञ्चालन भइरहेको जानकारी गराउँछौँ । दक्ष प्रशिक्षकहरुमा नृत्यमा नवीन केसी तथा केसी डान्स सेन्टर, गीतारमा उदय अधिकारी, पियानोमा विश्व थापा, मादल तथा तवेलामा राजन अधिकारी, गणितमा रमेश खनाल तथा अन्य ज्योतिष तथा संस्कृतमा राजेन्द्र खनाल, ESL को लागि सृजना उप्रेती र आवश्यक परेमा अन्य अनुभवी प्रशिक्षकहरु पनि सम्पर्कमा हुनुहुन्छ ।

सुलभ तथा सहुलियत दरमा पढाउन/सिकाउन इच्छुक अभिभावकहरूले तलका सम्पर्क नम्बरहरूमा फोन गरी कक्षा भर्नाबारे थप जानकारी लिन सक्नु हुनेछ ।

नोट: Adults (वयस्क)हरूको लागि पनि व्यवस्था हुन सक्ने भएकाले इच्छुक महानुभावहरूले सम्पर्क राख्नु होला । न्यूनतम पाँचजना भएमा सुरु गर्न सकिनेछ ।

समय : प्रत्येक शनिवार/आइतबार
स्थान : ग्लोबल नेपाल टेलिभिजनको कार्यालय
14102 Sullyfield Cir Chantilly, VA 20151 #300

सम्पर्क व्यक्तिहरू :
नवीन केसी :‭(703) 386-6457‬
राजेन्द्र खनाल : (703) 870-6480
सृजना उप्रेती : (571) 474-9074
रमेश खनाल : ‭(703) 640-4164‬
उदय अधिकारी : ‭(502) 216-7492‬
राजन अधिकारी : ‭ (703) 870-9266‬
विश्वराज थापा : ‭(571) 241-7091‬

प्रतिक्रिया