अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

किमसँगको सम्मेलन जुन १२ मा हुने अझै सम्भावन छ :ट्रम्प

बिआरटीनेपाल २०७५ जेठ ११ गते २३:३१ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उनसँग आगामी जुन १२ मा हुने भनिएको युगान्तकारी शिखर सम्मेलन पूर्वसहमति अनुसार अझै पनि जुन १२ मा नै हुनसक्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । 

यो जुन १२ नै हुनसक्छ । हामी उनीहरूसँग कुराकानी गरेका छौँ, ट्रम्पले ह्वाइट हाउसमा एक समारोहकाबीच बताउनुभयो ।

उनीहरू (उत्तर कोरियालीहरू) सम्वादका लागि धेरै इच्छुक देखिएका छन् । हामी पनि यस बिषयमा सकारात्मक नै छौँ । हेरौँ, के हुन्छ ।

ट्रम्पले एक दिन पहिले उत्तर कोरियाली नेता किमलाई चिठ्ठी लेखी सिङ्गापुरमा हुने भनिएको किमसँगको शिखर सम्मेलन तत्कालका लागि अवरुद्ध भएको बताउनुभएको थियो । अमेरिकी राष्ट्रपतिले सम्मेलन रोकिनुको कारण उत्तर कोरियाद्वारा देखाएको खुला विरोध भएको जनाएको थियो ।

बिहीबार ट्रम्पले किमलाई पठाएकोे पत्रमा लेखिएको छ, “दुःखका साथ म यो जानकारी गराउन बाध्य छु कि उत्तर कोरियाको पछिल्ला खुल्ला आलोचनात्मक व्यवहार र गतिविधिहरूका कारण दुई पक्षीय शिखर वार्ता गर्न अहिले उपयुक्त समय नभएको महशुस गरेको छु ।”

यसअघि अमेरिकी उपराष्ट्रपति माईक पेन्सले सिंगापुरमा हुने भनिएको किम र ट्रम्पबीचको शिखर वार्ता हुने विषयमा शङ्का व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू