अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

नेपाली जनसम्पर्क समिति अमेरिका: प्रेस- विज्ञप्ति

बिआरटीनेपाल २०७५ जेठ २ गते १०:२६ मा प्रकाशित

मित्र राष्ट्र भारतको प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको वैशाख २८ गते राजकीय नेपाल भ्रमणको अवधिमा भारतीय सांसद, नेपाल सरकार र दुई नम्बर प्रदेशका मुख्य मन्त्री एवं प्रदेश सरकारले गरेका गम्भीर त्रुटि, कृयकलाप र आपत्तिजनक अभिव्यक्तिहरू प्रति हामी प्रवासमा बस्ने आम नेपालीको विशेष ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको वेलामा उब्जीएका प्रत्येक घटनालाई नियाल्दा एउटा स्वतन्त्र सार्वभौम स्वाधीन राष्ट्र नेपालको, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र लोकतान्त्रिक राज्य व्यवस्था माथि ठाडो हस्तक्षेप गरी निर्मम प्रहार भएको ठहर नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको छ ।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कै समयमा एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र नेपालको भु-भाग जनकपुरलाई भारतमा मिलाउनु पर्छ भनेर अभिव्यक्ति दिने भारतीय सत्तासीन पार्टीका सांसद कीर्ति आजादको अभिव्यक्तिप्रति सङ्गठनले घोर निन्दा र भर्त्सना गर्दै, चाँडो सरकारले कूटनीतिक पहल गरी यस विषयलाई सम्बोधन गर्न जोडदार माग गरेको छ।

त्यस्तै प्रदेश न. २ का मुख्यमन्त्री लालबावु राउतले कूटनीतिक मर्यादालाई भुलेर मोदीसामु दिएको गैरजिम्मेवारीपूर्ण अभिव्यक्त्ति, नागरिक सर्वोच्चता र लोकतान्त्रिक राज्य व्यवस्था माथि ओली सरकारले गरेको ठाडो कम्युनिस्ट अधिनायकवादी हस्तक्षेप, गम्भीर व्यवस्थापकीय त्रुटिका कारण भएको नेपालको राष्ट्रिय झन्डाको अपमान, नेपाली भूगोलमा भारतीय सेना र कमाण्डोको हस्तक्षेपकारी उपस्थिति, र जनतालाई सुचिचित गराउँने नेपाली संन्चारकर्मीलाई मोदीको भ्रमणमा बामगठबन्धनको सरकारले गरेको प्रवेश: निषेध,लगायतले स्वाधीन राष्ट्रको स्वाभिमानी नेपालीलाई गहिरो चोट पुर्‍याएको छ । त्यसैले यस्ता किसिमका आपत्तिजनक गतिविधिको नेपाली जनसम्पर्क समिति अमेरिकाले कडा आपत्तिका साथ घोर निन्दा र भर्त्सना गर्दछ ।

पिडादायक भारतीय नाकाबन्दीलाई नेपाली जनताले बिर्सिएका छैनन् । नेपाल भ्रमणको वेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुवैले नाकाबन्दीको बारेमा सम्बोधन नगरेको प्रति सङ्गठनले खेत प्रकट गर्दै, यो एउटा गम्भीर भुल भएको ठहर गरेको छ ।

राष्ट्रवादी गठबन्धनको मुकुण्डो लगाएर प्रधानमन्त्री बनेका खड्का प्रसाद ओलीले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामु लत्रिएर नाङगीएपछि सार्वभौम नेपालको राष्ट्रिय अस्मिता नै यति बेला खतरामा भएको आभास हाम्रो सङ्गठनले गरेको छ । त्यसैले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता नै केही खकुलो र कमजोर बनी चरमराएको यो बेलामा सारा देश र विदेशमा भएका आम नेपालीलाई

स्वतन्त्र सार्वभौम स्वाधीन राष्ट्र नेपालको, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र लोकतान्त्रलाई बलियो र मजबुत बनाउँनका निमित्त एक ढिक्का भईदिनहुन नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक बिनम्र अनुरोध

गर्दछ ।

धन्यवाद , जय नेपाल !

मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका

मे १५, २०१८

प्रतिक्रिया